१ श्रावण २०८३, शुक्रबार

इजरायलका प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी

एसीपी संवाददाता

८ मंसिर २०८१, शनिबार ११:२२ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले बिहीबार युद्ध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।

नेतान्याहुबाहेक पूर्वरक्षामन्त्री योभ गालान्ट र हमासका नेता मोहम्मद डेफविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । तर, इजरायलले गत अगस्टमा गाजामा भएको हवाई आक्रमणमा डेफ मारिएको दाबी गरेको थियो ।

आईसीसीका अनुसार, नेतान्याहु र गालान्टले गाजाका नागरिकहरूलाई खाना, पानी, औषधि, चिकित्सा आपूर्ति, इन्धन र बिजुलीबाट वञ्चित गरेको आरोप छ । जुन युद्ध अपराधको श्रेणीमा परेको अदालतको भनाइ छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x