ईद-ए-मिलादुन्नबी صلى الله عليه وسلم : कुरआन र हदीसबाट प्रमाण
ईद-ए-मिलादुन्नबी صلى الله عليه وسلم : कुरआन र हदीसबाट प्रमाण
(१) अल्लाहको नेमत र रहमतमा खुशी मनाउन आदेश
म
✍️ नुर मोहम्मद अन्सारी
“तिमी भन : यो अल्लाहकै कृपा र रहमत हो, त्यसैमा तिमीहरूले खुसी मनाउनु पर्छ।”
(सूरा युनुस, आयत ५८)
यस आयतमा अल्लाह आज्जवजलले आफ्ना बन्दा–मानिसलाई आफ्नो फजल (कृपा) र **रहमत (दया)**मा खुशी मनाउन आदेश दिनुभएको छ।
(२) रसूलुल्लाह صلى الله عليه وسلم रहमत बनेर संसारमा पठाइएका
“र हामीले तिमीलाई नपठाएको भए, तिमी त विश्वसम्पूर्णको लागि रहमत बाहेक अरु केही होइनौ।”
(सूरा अंबिया, आयत १०७)
यस आयतमा अल्लाहले आफ्ना प्यारा नबी صلى الله عليه وسلم लाई सारा संसारका लागि रहमत बनाएर पठाएको स्पष्ट भन्नुभएको छ।
पहिलो आयतमा अल्लाहले रहमतमा खुसी मनाउनु आदेश दिनुभयो।
दोस्रो आयतमा उहाँलाई रहमत भन्नुभयो।
अब जसले रसूलुल्लाह صلى الله عليه وسلم लाई अल्लाहको रहमत र नेमत नमानेर, उहाँको विलादतमा खुशी मान्न आपत्ति गर्छ, वास्तवमा उसले दुख मनाएको हुन्छ।
(३) अल्लाहका नेमतहरूको चर्चा गर्न आदेश
“तिमी आफ्नो पालनकर्ताको नेमतहरूको प्रशंसा–चर्चा गर।”
(सूरा दुहा, आयत ११)
यस आयतमा अल्लाहले आफ्ना नेमतहरूको चर्चा गर्न आदेश दिनुभएको छ।
विश्वास गर्ने हरेक मुसलमानलाई थाहा छ कि सबैभन्दा ठूलो नेमत भनेकै रसूलुल्लाह صلى الله عليه وسلم हुनु हो।
यस कुरालाई प्रष्ट पार्न अर्को आयत हेर्नुस्
“निश्चय हामीले मोमिनहरूमाथि ठूलो उपकार ग¥यौं, जब तिनीहरूकै भित्रै हाम्रो रसूल पठाइदियौं।”
(सूरा आले इमरान, आयत १६४)
पूरा कुरआन पढ्दा पनि अल्लाहले अरू कुनै नेमतलाई “मोमिनहरूमाथि उपकार” भनेको पाइँदैन, सिवाय आफ्नो रसूललाई पठाउने कुरा।
यसबाट प्रमाणित हुन्छ कि अल्लाहको सबैभन्दा ठूलो नेमत रसूलुल्लाह صلى الله عليه وسلم नै हुनुहुन्छ।
रबिउल अव्वल
१२ रबिउल अव्वलको दिनै दुई संसारका सुलतान, प्यारा आका हजरत मुहम्मद मुस्तफा صلى الله عليه وسلم रहमत बनेर संसारमा पधार्नुभएको दिन हो।
यसै दिन विश्वभरका मुसलमानहरूले आफ्नो नबीको विलादतको खुशीमा जश्न मनाउँछन्।
ऐतिहासिक सन्दर्भहरू
१. इब्ने इश्हाक (८५–१५१ हि.): अल-वफा, पृ. ८७
२. अल्लामा इब्ने हिशाम (२१३ हि.): अस-सीरतुन्नबविया, खण्ड १, पृ. १५८
३. इमाम इब्ने जरिर तबरी (२२४–३१० हि.): तारीखुल उमम वल मुलूक, खण्ड २, पृ. १२५
४. अल्लामा अबुल हसन अल-मावर्दी (३७०–४८० हि.): आइलामुन्नबुव्वा, पृ. १९२
५. इमाम हाफिज अबुल फतह अल-उन्दलसी (६७१–७३४ हि.): आयुनुल असर, खण्ड १, पृ. ३३
६. अल्लामा इब्ने खल्दून (७३२–८०८ हि.): अत-तारीख, खण्ड २, पृ. ३९४
७. मुहम्मद अस-सादिक इब्राहीम अरजून: मुहम्मद रसूलुल्लाह, खण्ड १, पृ. १०२
८. शैख अब्दुल हक मुहद्दिस देहलवी (९५०–१०५२ हि.): मदारिजुन्नबुव्वा, खण्ड २, पृ. १४
९. इमाम कस्तलानी (रहमतुल्लाह अलैह): अल-मुवाहिब अल-लदुनिया, खण्ड १, पृ. ८८
मिलाद कसले मनाए? (कुरआन, हदीस र इतिहासका प्रमाण)
मस्जिद–ए–नबवीमा मिलाद
हजरत रसूलुल्लाह ﷺ को समयमा नै मस्जिद–ए–नबवीमा मिलाद भयो। त्यहाँ स्वयम् रहमतुल्लिल आलमिन ﷺ ले आफ्नो जन्मको फजिलत बयान गर्नुभयो।
(तिर्मिजी शरीफ, जिल्द २, सफा २०१)
सोमबार रोजाको हदीस
हजरत अबु कतादा र.अ. बाट रिवायत छ:- रसूलुल्लाह ﷺ सँग सोमबारको रोजा राख्नेबारे सोध्दा उहाँले भन्नुभयो:
“यसै दिन मेरो जन्म भयो र यसै दिन मलाई कुरआन अवतरित भयो।”
(सहीह मुस्लिम, जिल्द २, हदीस नं. ८१९, पृ. ११६२ / नसाई सुन्नन–ए–कुब्रा, जिल्द २, हदीस १४६, पृ. २७७७)
यसबाट थाहा हुन्छ — नबी ﷺ आफैंले आफ्नो जन्म दिनलाई इबादत (रोजा) गरेर याद गर्नुभयो।
अबु लहबको घटना
जब रसूलुल्लाह ﷺ जन्मनुभयो, अबु लहबकी दासी सोबिया ले उनलाई यो खबर सुनाइन्। त्यस खुशीमा अबु लहबले सोबियालाई औंलाको इसाराले स्वतन्त्र गरिदिए।
अबु लहबको मृत्यु पछि उनको परिवारका एक सदस्यले सपनामा उनलाई नरकको सजायमा देखे। सोध्दा उनले भने:
“म नरकमा छ तर प्रत्येक सोमबार मलाई सजायमा सहुलियत दिइन्छ। किनकि मैले त्यस दिन औंलाको इसाराले आफ्नी दासीलाई स्वतन्त्र गराएको थिएँ, जब उनले मलाई मुहम्मद ﷺ को जन्मको खबर सुनाइन्।”
(सहीह बुखारी, जिल्द १, पृ. १५३, हदीस नं. ५१०१, किताबुन्निकाह)
हजरत शेख अब्दुल हक मुहद्दिस देहलवी रह. भन्नुहुन्छ:
यदि अबु लहब जस्तो कठोर काफिरलाई पनि नबी ﷺ को जन्मको खुशीमा लाभ भयो भने, उम्मतका मुसलमानहरूले त अझै ठूलो इनाम पाउनेछन्।
मिलादलाई ईद भन्नु कस्तो?
ईद शब्दको अरबी अर्थ नै “खुशी” हो।
कुरआन (सुरह माइदा, आयत ११४) मा हजरत ईसा अलैहिस्सलामले स्वर्गीय खानाको आगमन भएको दिनलाई “ईद” भन्नुभएको छ।
जब खाना अवतरण भएको दिनलाई ईद भनियो भने, सारा संसारका लागि रहमत बन्ने रसूलुल्लाह ﷺ को जन्म दिनलाई मुसलमानहरूले खुशीका साथ ईद भन्नु अझ उचित हुन्छ।
इमाम राघिब रह. र मुल्ला अली कारी रह. दुबैका अनुसार — ईद शब्द कुनै पनि दिनको खुशी मनाउन प्रयोग हुन्छ।
त्यसैले नबी ﷺ को जन्म दिनलाई “ईद” भन्नु वैध छ।
झण्डा लगाइएको घटना
हजरत आमिना (रसूलुल्लाह ﷺ की आमाको) बयान अनुसार:
“जब रसूलुल्लाह ﷺ को जन्म भयो, त्यतिबेला हजरत जिब्राईल अलैहिस्सलामले तीनवटा झण्डा गाड्नुभयो — एउटा पश्चिमतिर, एउटा पूर्वतिर, र एउटा काबाको छतमा।”
(मदारिजुन्नबुव्वा, जिल्द २, शेख अब्दुल हक मुहद्दिस देहलवी)
विद्वानहरूको मत :- इमाम कस्तालानी रह. भन्छन्:
“ईमानवालाहरूले मिलाद–ए–मुस्तफा ﷺ लाई ईदको रूपमा मनाउनु पर्छ। रबिउल अव्वलका रातलाई ईदको रूपमा मनाउनेहरूमा अल्लाहको रहमत हुन्छ।”
(अल–मुवाहिब अल–लदुनिय्या, जिल्द १, पृ. १४८)
इब्लिस (शैतान) को रोइकराइ
हाफिज इब्न कसीर रह. ले उल्लेख गर्नुभएको छ:
इब्लिस भन्छ — “म स्वर्गमा हजारौं वर्षसम्म बसें, तर जब हजरत आदम अलैहिस्सलाम जन्मिए, मलाई स्वर्गबाट निकालियो।
हरेक नबीको आगमनले मेरो मिहिनेत खेर जान्थ्यो। तर जब अन्तिम नबी मुहम्मद ﷺ जन्मिनुभयो, म त्यति धेरै रोएँ जति म स्वर्गबाट निकालिँदा पनि रोएको थिइनँ। उहाँको आगमनले मेरो सारा प्रयास नष्ट गरिदियो।”
(अल–बिदाया वन्निहाया, जिल्द २, पृ. १६६)
त्यसैले, रसूल
त्यसैले, रसूलुल्लाह ﷺ आफैंले आफ्नो जन्म दिनलाई रोजासहित इबादत गरे।
अबु लहब जस्तो काफिरलाई पनि नबी ﷺ को जन्मको खुशीले लाभ भयो।
कुरआनले अल्लाहको रहमतमा खुशी मनाउन आदेश गरेको छ, र नबी ﷺ नै रहमतुल्लिल आलमिन हुनुहुन्छ।
ईद शब्द हरेक खुशीको दिनका लागि मान्य छ, त्यसैले मिलादलाई ईद भन्नु शास्त्रीय प्रमाणसहित जायज छ।
त्यसैले, मिलाद मनाउनु अल्लाह र रसूल ﷺ को प्रेमको अभिव्यक्ति हो, र यसमा उम्मतलाई इनाम र रहमत प्राप्त हुन्छ।


