कर्मचारीलाई प्रोत्साहन गर्दा चारै तर्फ गृहमन्त्रीको प्रसन्सा
गृहमन्त्री बालकृष्ण खाणले कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन प्रक्रिया अघि बढाएका छन् ।
सरकारले तोकेको १०-४ भन्दा आफै समय बढाएर कर्मचारीले जनताको काम गरिरहेको भन्दै मन्त्री खाणले ओभर टाइम दिन नसके पनि खाजा खाना भत्ता दिन सकिने गरी आफूले अर्थ मन्त्रालयमा प्रस्ताव गरेको जानकारी गराए ।
नेपाल निजामति कर्मचारी युनियन गृह मन्त्रालय विभागीय कार्यसमितिको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री खाडले अर्थ मन्त्रालयबाट सकारात्मक जवाफ आएको र केही समयमै कर्मचारीले अतिरिक्त भत्ता पाउने बताए ।
‘कतिपय जिल्ला प्रशासन कार्यालयले १० देखि ४ को हाम्रो कार्यालय समयलाई ९ देखि ५ बजेसम्म बनाइदिनुभएको छ । यसकारण हामीले अर्थ मन्त्रालयसँग प्रस्ताव गरेका छौं । राम्रो प्रस्ताव हो भनेको छ । तर सहमति दिइसकेको छैन,’ उनले भने ।
खाणले थपे, ‘समय बढाइसकेपछि कर्मचारीलाई ओभर टाइम दिन नसके पनि खाजा खाना भत्ता त दिनुस् । सर्भिस डेलभरी बढ्छ । जनताको समय बचत हुन्छ । जनता लाइनमा लाग्ने समय घट्यो भने उहाँहरु उत्पादनमा लाग्नुहुन्छ । उत्पादन र अर्थलाई नै बल पुर्याउँछ ।
त्यसकारण यसमा अर्थ मन्त्रालय उदार भएर केही न केही मातहत निकायलाई भैपरी रकम बढाइदिन भनेका छौं । उहाँहरुले छलफल गरेर हामी सक्नेजति गर्छौं भनेका छन् ।’


