३१ भाद्र २०८३, बुधबार

कविता

एसीपी संवाददाता

५ मंसिर २०८०, मंगलवार २१:११ मा प्रकाशित

ओम आचार्य

अल्छी अक्षरहरु अब वाणीमा निकालौ

अक्षरहरु
यति अल्छी भए
मैले छानेर
माया गरेर
हृर्दय देखी टिप्दा पनि
आएनन
यौटा सव्द पनि
यौटा वाक्य पनि वन्न सकिरहेका छैन
अक्षरहरु
यति सुस्त र अल्छी
किन भए
अक्षरहरु किन डराए
अक्षरहरु मोवाइलमा
अक्षरहरु कागजमा
आउन किन मान्दैनन
अक्षरहरुमाथि कसैको नियन्त्रण हो ?
अक्षरहरुमाथि कसैको नजरवन्द हो?

अहिले अक्षरहरुको मन्दी छ
अक्षरहरु केलाउने
अक्षरहरु खेलाउने र
अक्षक्षर पढने मौसम छैन
मौसम त
अहिले अक्षरहरुको बोल्ने हो
अक्षरहरु पढेको भन्दा
बोलेको अक्षहरु
खतरनाक हुन्छ
एकै पटक हजारो र लाखौं
मानिसहरु
अक्षर बोल्दा अक्षरहरुको पछी पछी
अक्षरहरुको लयमा लय मिलाएर
अक्षरहरुको
भावमा भाव मिलाएर
मानिसहरु
मान्छेहरु सबै अक्षरमा परिणत हुन्छन
अव हामीहरु
घर घरबाट
निस्किएर
अक्षरहरु वोल्दै
अक्षरहरुको विरुध्द लाग्नेहरुलाइ निल्दैजाउ
कागजमा
फेसबुकमा युट्य्वमा र
सामाजिक संन्जालमा
आउन अल्छी र सुस्त मान्ने अक्षहहरु
अव वाणीमा निकालौंं !

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x