१३ मंसिर २०८३, शनिबार

केपि ओलिको दम्भ घमण्डले आलोचना , देउवाको चारैतिरबाट प्रसंशा शुरु

एसीपी संवाददाता

२६ पुष २०७८, सोमबार ०२:११ मा प्रकाशित

सामान्यतः प्रधानमन्त्री कुनै नेताविशेष वा व्यक्तिका घरमा पुगे त्यो ठूलो घटना मानिन्छ । प्रधानमन्त्री कार्यकारी प्रमुख पद हो । त्यसैले यसको छुट्टै महत्व हुन्छ ।

प्रधानमन्त्री पदमा जो पनि आउँछ जान्छ । प्रधानमन्त्री पद स्थायी हुन्छ । कसैको पेवा हुन्न । तर कम्युनिस्ट नेता केपी ओलीले भने प्रधानमन्त्रीको कुर्सी सधैंका लागि आफ्नो बिर्ता जस्तो ठान्दै आएका छन् ।

त्यही कारण बालुवाटारबाट गलहत्याइएपछि उनमा अहंकार र आक्रोश बढेको छ । नेतामा अहंकार बढ्यो भने त्यसले आफैंलाई क्षति हुन्छ । पार्टीलाई हुन्छ । र, देशलाई हानि पुग्छ ।

दुई दुईचोटि संसद् विघटन गरेर संविधानको धज्जी उडाएका ओली असारमा प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाईसमेत दिएनन् ।

औपचारिक रूपमा भेटवार्ता पनि गरेनन् । बरु देउवा नै उनलाई भेट्न एमालेको महाधिवेशनमा गए । आफ्नो पार्टी नेपाली कांग्रेसको महाधिवेशनमा बोलाए । आफ्ना विशेष दूत सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाए ।

अन्तिममा शनिबार आफैं ओलीलाई भेट्न उनको निजी निवास बालकोट पुगे । पछिल्लो समय देउवाले सबैको मन जित्दै गएका छन् । प्रधानमन्त्री र कांग्रेस सभापतिसमेत भएका व्यक्ति यत्तिको लचक भएकामा सबैले प्रशंसा गर्न थालेका छन् ।

तर, ओलीले भने शुभेच्छुक घटाउँदै लगेका छन् । उनले म जस्तो ठूलो र बलशाली नेता कोही छैन भन्ने उनको दम्भले नै उनलाई चाँडै रसातलमा लैजाने विश्लेषण हुन थालेको छ ।

प्रधानमन्त्री देउवाले शनिबार ओलीलाई संसद् खोल्न प्रस्ताव गरे । एमसिसी पास गराउन सहयोग मागे । तर, ओलीले यसलाई इन्कार गरेका छन् ।

जसले आगामी निर्वाचनमा एमाले र ओलीले मूल्य चुकाउनुपर्ने अनुमान गर्न थालिएको छ । अबको १० महिनापछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने नै छ ।

एक वर्षसम्म संसद् अवरुद्ध गर्ने एमालेको निर्णयलाई कांग्रेसले चुनावमा एजेन्डा बनाउने निश्चित छ । किनभने संसद् नै चलोस् भन्ने नचाहने एमालेलाई किन संसद्मा पठाउने भन्ने एजेन्डा जबर्जस्त रूपमा उठ्ने सम्भावना छ । जुन एमालेकै लागि दुर्भाग्यपूर्ण हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x