१३ मंसिर २०८३, शनिबार

कोरोना संक्रमणबाट १६ जनाको मृत्यु : सन्क्रमित संख्या ह्वात्तै बढदै

एसीपी संवाददाता

८ माघ २०७८, शनिबार १३:०१ मा प्रकाशित

नेपालमा आज १०२५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २५४ संक्रमित थपिएका छन्। २० हजार १८७ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। पिसिआर विधिबाट १४ हजार ४६२ जनाको परीक्षण गरिएकोमा आठ हजार २१२ तथा एन्टिजेन विधिबाट पाँच हजार ७२५ जनाको परीक्षण गरिएकोमा दुई हजार ४२ संक्रमित थपिएका हुन्।

२०१८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८२१२ तथा एन्टिजेन विधिबाट २०४२ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यही अवधिमा थप ७०८ जना संक्रमणमुक्त भएका छन् । देशभर हाल ७२८६२ जना सक्रिय संक्रमित छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x