३१ श्रावण २०८३, आईतवार

खेलमा पनि चिनियाँ राजनीति , भारतिय मन्त्रीको चीन भ्रमण रद्द

एसीपी संवाददाता

६ आश्विन २०८०, शनिबार ०८:३२ मा प्रकाशित

एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई चीनले खेलस्थल हाङझाउ जाने अनुमति नदिएपछि भारतका खेलकुदमन्त्रीले चीन भ्रमण रद्द गरेका छन् ।

उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरुणाचल प्रदेशका तीन जना महिला खेलाडीले एशियाली खेलकुद प्रतियोगिता आयोजक समितिले अनुमति दिए पनि ती खेलाडीलाई चीन सरकारले खेलाडी परिचयपत्र (एक्रिडिएशन) नदिएपछि खेलमन्त्रीले भ्रमण रद्द गरेका हुन् । चीनले एक्रिडिएनलाई नै भिसाको मान्यता दिएकाले त्यसको अभावमा उनीहरू प्रतियोगितामा भागलिनबाट वञ्चित भएका हुन् ।

चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतका रुपमा आफ्नो भूमि दाबी गर्दै आएको छ । उक्त प्रदेशको केही भूभागलाई लिएर नयाँ दिल्ली र बेइजिङबीच विवाद जारी छ ।

यसैबीच, भारतीय विदेश मन्त्रालयले खेलाडीमाथि चीनले गरेको भेदभावपूर्ण व्यवहारको निन्दा गरेको छ ।विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले चीनको यो कदमबाट एशियाली खेलकुदको भावनामा गम्भीर आघात पुगेको बताएका छन् ।

“खेलकुदका नियमको उल्लङ्घन गरिएकाले हामीले नयाँ दिल्लीस्थित चिनियाँ दूतावास र बेइजिङस्थित भारतीय दूतावासमार्फ कडा विरोध गरेका छ,” भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

आजदेखि यही असोज २१ गतेसम्म हुने उक्त प्रतियोगितामा अफगानिस्तान, बहराइन, बङ्गलादेश, भूटान, ब्रुनाइ, क्याम्बोडिया, चीन, चाइनिज ताइपेई, हङकङ, भारत, इण्डोनेशिया, इरान, इराक, जापान, जोर्डन, कजाकस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मकाउ, मलेसिया, मालदिभ्स, मङ्गोलिया, म्यान्मार, नेपालसहित ४५ देशले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी, प्रतियोगितामा उत्तर कोरिया, ओमान, पाकिस्तान, प्यालेष्टाइन, फिलिपिन्स, कतार, साउदी अरब, सिङ्गापुर, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया, ताजकिस्तान, थाइल्याण्ड, टिमोर लेत्से, तुर्कमेनिस्तान, संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान, भियतनाम र यमनका खेलाडी सहभागी छन् ।

४८ देश भएको एशिया महादेशका चार मुलुक युक्रेन, रुस, बेलारुस र इजरायल उक्त प्रतियोगितामा सहभागी छैनन् । अन्तरराष्ट्रिय ओलम्पिकक कमिटी आईओसीले युक्रेनमा रुसले आक्रमण गरेकाले मस्कोविरुद्ध प्रतिबन्ध लगाएको छ भने युक्रेन युद्धमा सघाएकाले रुसको सहयोगी बेलारुसलाई पनि प्रतिबन्ध लगाएको छ । धेरै अरब मुलुक उक्त प्रतियोगितमा सहभागी भएकाले विगतदेखि नै इजरायल एसियाली खेलकुद प्रतियोगिताबाट बाहिर रहँदै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x