१३ मंसिर २०८३, शनिबार

चीन बाट शुरु कोरोना महामारी अहिले ओमिक्रोन बन्यो विद्यलय बन्द

एसीपी संवाददाता

१४ पुष २०७८, बुधबार ०१:४९ मा प्रकाशित

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले संक्रमण बढाउँदै गएसँगै विज्ञहरुले महामारीको चौंथो लहर आउने चेतावनी दिएका छन् । यसबीच भारतको नयाँ दिल्लीमा विद्यालयहरु बन्दको आदेश दिइएको छ ।

मङ्गलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले कोरोना भाइरससँग जुध्न कतिपय क्षेत्रमा निषेधाज्ञा जारी गरेको उल्लेख गरेका छन् ।

उनले सबै शैक्षिक संस्था बन्द गर्ने, विवाह र मृत्यु संस्कारमा २० जना भन्दा बढी भेला हुन नपाइने, दिल्ली मेट्रो र बसमा क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्न दिने घोषणा गरेका हुन् ।

दिल्लीमा रात्रीकालिन निषेधाज्ञा जारी गरिसकिएको छ । विहान १० देखि ८ बजेसम्म मात्र रेष्टुरेनटहरु सञ्चालन गर्न दिइएको छ । पसलहरु क्षमताभन्दा आधा मात्र उपभोक्ता प्रवेश दिएर सञ्चालन गर्न दिइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x