३ कार्तिक २०८३, सोमबार

चीनद्वारा करिब ८ लाख तिब्बती बालबालिकालाई उसको अभिभावकबाट अलग्गै बस्न बाध्य पारेको खुलासा

एसीपी संवाददाता

२७ मंसिर २०७८, सोमबार ०५:२० मा प्रकाशित

२७ गते मङ्सिर २०७८ । एजेन्सी – बेइजिङः चीनले करिब ८ लाख तिब्बती बालबालिकालाई आफ्ना अभिभावकबाट अलग्याएको खुलेको छ। तिब्बत एक्सन इन्स्टिच्युट (टिएआई)को रिपोर्टले तिब्बती बालबालिकालाई चिनियाँ संस्कृतिमा ढाल्न करिब ८ लाख बालबालिकालाई अभिभावकबाट अलग्याएको हो।

टिएआइकाअनुसार ६ देखि १८ वर्ष उमेर समूहका करिब ८ लाख तिब्बती बालबालिकालाई चीनले आफ्नो उपनिवेशमा रहेका बोर्डिङ स्कुलमा राखेको छ। ती बालबालिकाहरुलाई तिब्बतको बौद्ध धर्म र त्यहाँको संस्कृतिबाट टाढा राखेर चिनियाँ संस्कृति लाद्न आफ्ना अभिभावकसँग अलग्याएर टाढा राखेको सो रिपोर्टको निष्कर्ष छ।

तिब्बतमा शिक्षाका वैकल्पिक मार्गको अभाव र चीन सरकारको दमनका कारण अभिभावकहरु बलबालिकासँग अलग्गिन बाध्य भएको तिब्बतको नेसनल रिभ्यु म्यागजिनले उल्लेख गरेको छ। अभिभावकबाट अलग्गिएका बालबालिकाले तिब्बती संस्कृति, धर्म र भाषा सिक्नबाट वञ्चित हुने र उनीहरु चिनियाँ संस्कारअनुसार हुर्किने प्रक्षेपण विश्लेषकहरुले गरेका छन्।

यसै बिच पूर्वी चीन सागरमा जहाज डुब्दा कम्तीमा ४ को मृत्यु

हिनानः पूर्वी चीन सागर कोस्टमा कार्गो जहाज डुब्दा कम्तिमा ४ मानिसको मृत्यु भएको छ। आइतबार बिहान यान्ताई सहरको कोस्टमा कार्गो जहाज डुब्दा कम्तिमा ४ मानिसको मृत्यु भएको हो।

सो जहाज दुर्घटनामा परी ७ मानिस अझै हराइरहेको सिन्ह्वा न्युजमा खबर छ। दुर्घटनामा परेका अन्य तीन मानिसको भने सकुशल उद्धार गरिएको बताइएको छ। करिब १४ क्रू सदस्य बोकेको कार्गो जहाज दुर्घटनामा परेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x