चीन र भारतको बिचमा रहेर पनि नेपालले आफ्नो परराष्ट्रनीतिमा सचेत हुन आवश्यक छ । हाम्रो जतिय,सांस्कृतिक र धार्मिक हिसाबले धेरै कुरामा भारतसंगको सम्बन्ध एक एतिहसिक र निकट रहदै आएको छ । सदियौंदेखि नेपाल र भारत बिचको सम्बन्ध भाइ भाइको जस्तो रहदै आएको छ । बिगतका नेपालमा भएका नागरिक आन्दोलनहरुमा नेपाली जनताले गरेको बलिदानमा भारत सरकार र भारतीय जनताको तर्फबाट सद्भाव र सहयोग प्राप्त भै रहेको छ ।
नेपालको आर्थिक विकास र समृद्धिलागि भारतबाट गरिएको सहयोग र सद्भावको महत्त्व अनुकरणीय छ । नेपाल र नेपालीले भारत र भारत सरकारबाट सधैं साथ र सहयोगको अपेक्षा राखेको छ र राख्दछ पनि तर बेलाबखत आफ्नो निहित स्वार्थको लागि नेपालका राजनीतिक दलहरूबाट गरिने भ्रमका कुराहरुले भारत र नेपालबिचको सम्बन्धमा फाटो ल्याउने कोसिसहरु भइरहेको छ ।
अनेक बाहानामा नेपाली जनतालाई आवेशमा ल्याइ आफ्नो स्वार्थपुर्ती गर्न नेपालका राजनीतिक दलले भारतको नाम लिएर अनावश्यक नभएको विषयहरु निकाल्ने गरेको नजीर स्थापित हुन थालेको छ । कहिले लिपुलेक, कालापानी र लिम्पियाधुराको कुरा,कहिले आर्थिक सहयोगको कुरा त कहिले अतिरन्जित सिमा विवाद जस्ता अनावश्यक विषयहरु उठाएर नेपाली जनतामा भारत बिरोधि भावना जगाउन नेपालका राजनीतिक दलका स्थानिय कार्यकर्ता लागि परेका छ्न ।
चुनावको मिति नजिकिदै गर्दा विशेष गरेर नेकपा एमाले पार्टी र त्यसका कार्यकर्ताले सिमा विवादका कुराहरु निकाल्ने गरेका छ्न । भारतसंगको सिमा विवादको विषय निकालेर नेपालको राजनीतिमा लोकप्रियता कमाउन लागि परेको एमाले आफ्ना स्थानिय कार्यकर्तालाई पनि भारत बिरोधि गतिविधिमा सक्रिय बनाउदै लागेको छ ।
यसको उदाहरण स्वरुप इलामको सन्दकपुर गाउपालिका-५ जौबारीमा रहेको ६३(१५) नम्बरको पिल्लरमा गत मंसिर २१ गते नेकपा (एमाले) सन्दकपुर गाउपालिका अध्यक्ष गिरिराज खनालको नेतृत्वमा एक भेला सम्पन्न गरिएको थियोे ।नेपाल र भारत बिच रहदै आएको पुरानो मित्रतालाई चुनौती दिदै विभिन्न आरोप सहितको सो भेलाले नेपाली जनतालाई भ्रामित पार्ने काम गरेको छ । एमाले केन्द्रिय सदस्य राम राना ,एमाले ईलाम जिल्ला अध्यक्ष महेस बस्नेत लगायतका नेताहरु उपस्थिति भएर गरिएको सो भेलाले नेपालको दश्दगज्सजामा निर्माण गरिएका संरचनाको विषयमा हुदै नभएको कुराहरुलाइ उचालेर सिमा क्षेत्रमा बस्ने जनताहारुमा भ्रम पैदा गर्ने कुरामा एमाले इलाम जिल्ला कमिटी लागि परेको छ ।
भारतीय सिमा सुरक्षा बल एसएसबिले निर्माण कार्यमा अवरोध गर्यो भनी जनतामा भारत बिरोधी भवना बढाउने खेलमा सन्दकपुर गाउँपालिका एमाले अध्यक्ष गिरिराज खनाल लागिपरेका छ्न । निजिकिदै गरेको स्थानिय र संघीय निर्वाचनलाई मध्यनजर गर्दै एमालेले भारत बिरोधी नाराको साहारा लिएको छ। इलामको पशुपतिनगरको टासी छोइलिङ गुम्बालाई मर्मत गर्दा पनि एमालेले बिरोध जनाएको थियो ।
निजि क्षेत्रले निर्माण गरेको भौतिक संरचनामा भारतीय पक्षले अवरोध गरेको भनी जनतालाइ भ्रामित बनाउने काम गर्दै आइरहेको छ।सन्दर्भ नै नभएको विषय लिपुलेक , कालापानी र लिम्पियाधुराको कुरा निकालेर जनतालाई उत्तेजित बनाउने काममा इलाम जिल्ला एमाले लागिपरेको छ भनी जनतालाइ भ्रामित बनाउने काम गर्दै आइरहेको छ। सिमाम यदि समस्या भए नेपालको सिमा सुरक्षा बल ससत्र प्रहरीलाई पुर्ण जानकारी हुन्छ तर इलाम सशस्त्र प्रहरीका एस पि शुधिर जङ थापाले आफुलाइ सिमा अतिक्रमणमा भारतीय पक्षले गरेको अवरोधको बारेमा आफ्नो मातहतको कार्यलयबाट केही जानकारी र सूचना नआएको र इलाम जिल्लामा सिमानामा सिमा सम्बन्धि कुनै गतिरोध नभएको बताएका छ्न।


