१३ मंसिर २०८३, शनिबार

जेल बाट दल दर्ता गराउदै रेशम चौधरी

एसीपी संवाददाता

१७ पुष २०७८, शनिबार ०२:०५ मा प्रकाशित

निलम्बित सांसद रेशमलाल चौधरीले शुक्रबार दल दर्ताका लागि कारागार कार्यालयमा निवेदन दिने भएका छन् । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका चौधरी यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भई अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए ।

तर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनी छुट्टै पार्टी खोल्ने तयारीमा रहेका हुन् ।

स्रोतका अनुसार शुक्रबार मध्यान्ह १२ बजेदेखि १ बजेको समयमा निर्वाचन आयोग पुगेर चौधरीको वारेसका रुपमा श्रीमती रञ्जिता श्रेष्ठ  ‘नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी’ नामक दल दर्ताको निवेदन दिन लागेकी हुन् ।

चुनाव चिन्ह ढकिया सहित चौधरीले २०१ जनाको केन्द्रीय सदस्य रहने गरी नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी दर्ता गर्न लागेका हुन् । पार्टीको आधारभूमिका रुपमा थरूहट क्षेत्र रहने उल्लेख छ । यद्यपि यो पार्टी राष्ट्रिय सोचका साथ राष्ट्रिय पार्टीका रुपमा खोलिन लागेको दस्तावेजमा उल्लेख छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x