३० श्रावण २०८३, शनिबार

दक्षिण अफ्रिका सङ न्युजिल्यान्ड १९० रनले पराजित

एसीपी संवाददाता

१६ कार्तिक २०८०, बिहीबार ०७:२७ मा प्रकाशित

काठमाडौं- आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताको महत्वपूर्ण म्याचमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० रनले पराजित गरेको छ।

बुधबार पुणेमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३५८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३५.५ ओभरमा सबै विकेट गुमाएर १६७ रनमात्रै जोड्नसक्यो।

विश्वकपमा ‘फेवरेट’ टिम ठानिएको न्युजिल्यान्डका ब्याटरहरू दक्षिण अफ्रिकाका बलरसामु निरीह देखिए। टस जितेर दक्षिण अफ्रिकालाई ब्याटिङका लागि निम्तो गर्ने कप्तान टम नाथनको निर्णय पनि घातक साबित भयो।

ओपनरहरूबाट खराब सुरूवात पाएको न्युजिल्यान्डका मध्यक्रम र अन्त्यका ब्याटरहरूले पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

डेभोन कन्वे २, विल यंग ३३, रचिन रवीन्द्र ९, ड्यारिल मिचेल २४, टौम लेथम ४, मिचेल सैंटर ७, टिम साउदी ७, जेम्स निशम शून्य र ट्रेन्ट वोल्टले ९ रनको योगदान दिए।

न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए। फिलिप्सबाहेका अरू कुनै ब्याटरको तर्फबाट उल्लेख्य प्रदर्शन हुन नसकेपछि न्युजिल्यान्डले हार बेहोर्नु परेको हो।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले ४, मार्को जेन्सनले ३, गेराल्ड कोइट्जेले २ र कैसिगो रबाडाले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर ३५७ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका लागि क्विन्टन डिककले ११६ र रासी भानडेर दुसेनले ११३ रन बनाएका थिए। जारी विश्वकपमा डिकको यो चौथों शतक हो।

त्यस्तै डेभिड मिलरले ५३ र कप्तान टेम्बा बमुमाले २४ रनको योगदान दिए।

हेनरिक क्लासेन १५ र एडेन मारक्रम ६ रन बनाएर अविभिजन रहे।

न्युजिल्यान्डका लागि टिम साउदीले २, ट्रेन्ट बोल्ट र जेम्स निसमले १–१ विकेट लिएका थिए।

योसँगै न्युजिल्यान्डले जारी विश्वकपमा लगातार तेस्रो हार बेहोर्नुपरेको छ। यसअघि न्युजिल्यान्ड अस्ट्रेलिया र भारतसँग पराजित भइसकेको छ।

न्युजिल्यान्डलाई पराजित गरेसँगै दक्षिण अफ्रिका अंकतालिकाको शीर्षमा पुगेको छ।

अहिलेसम्म ७ मध्ये ६ म्याच जितेर १२ अंकसहित दक्षिण अफ्रिका शीर्षमा पुगेको हो।

सबै ६ खेल जितेर १२ अंक रहेको भारत भने नेट रनरेटमा पछाडि परेपछि दोस्रो स्थानमा रहेको छ।

त्यस्तै ८–८ अंकसहित अस्ट्रेलिया तेस्रो र न्युजिल्यान्ड चौथों स्थानमा रहेको छ।

शीर्ष चार टोली सेमिफाइनलका लागि क्वालिफाइ गर्नेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x