दाङको तुलसिपुर १२ हरिपौरामा संचालित तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता
०१ गते पौष २०७८ । दाङको तुलसिपुर १२ हरिपौरामा संचालित तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७८ को उपाधि कचिला युवा क्लबले जितेको छ ।
डबरा टोल बिकास संस्था तुलसिपुर १२ हरिपौराको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ को आर्थिक सहयोगमा पशुपति माबि हरिपौरा खेल मैदानमा संचालित प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा कचिली युवा क्लब बी लाई दुईका विरुद्ध तीन गोलको अन्तरले पराजित गर्दै कचिलाले उपाधि जितेको हो । उपाधिसंगै उसले नगद पचास हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्यो ।
फाइनलमा सम्मानजक पराजय ब्यहोरेको कचिली उपबिजेतामा सीमित रहँदै नगद पैतिस हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै टरिगाउँ युवा क्लबले तृतीय स्थान हासिल गर्दै नगद पच्चीस हजार, कप, मेडल प्रमाणपत्र हात पार्यो । यसैबीच प्रतियोगिताको समापन समारोह आयोजक टोल बिकास संस्थाका सचिव खगेन्द्र अधिकारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सुर्य बहादुर डाँगी (श्याम)को प्रमुख आतिथ्य एवं तुलसीपुर बहुप्राबिधिक शिक्षालयका प्रमुख वसन्त आचार्यको बिशिष्ट आतिथ्यतामा भएको थियो ।
सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फको उत्कृष्ट खेलाडीको उपाधि हात पार्ने कचिला युवा क्लबका मनराज मगर र उत्कृष्ट गोल रक्षकको उपाधि हात पार्ने कचिलाकै नारायण मगरलाई नगद जनही २५ सय रुपैयाँ तथा ट्रफी प्रदान गरिएको थियो ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धिसंगै खेलाडीको पहिचान गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा वडाभित्र स्थापित १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, खुम बहादुर ओली र सुरेश मगर रहनुभएको थियो ।


