८ जेष्ठ २०८३, शुक्रबार

दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई युवालाई पक्राउ

एसीपी संवाददाता

८ जेष्ठ २०८३, शुक्रबार १२:३० मा प्रकाशित

बाँकेका छुट्टाछुट्टै स्थानमा दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ।

१५ वर्षीया र १३ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

कोहलपुर नगरपालिका–४ बेलनपुर बस्ने २६ वर्षीय रैबर खान १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार साँझ पक्राउ परेका छन्।

पीडितका तर्फबाट परेको उजुरीका आधारमा प्रहरी बिट मदनचोकबाट खटिएको टोलीले खानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका–२ छमनिया गाउँ बस्ने २२ वर्षीय फुलसिंह थारू पक्राउ परेका छन्।

उनलाई मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बैजनाथ गाउँपालिका–५ बनकटुवा चोकबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार दुवै घटनाका सम्बन्धमा परेको उजुरीका आधारमा तत्काल टोली परिचालन गरी आरोपितहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुवैमाथि आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बाँके प्रहरीले घटनाको प्रकृति र गम्भीरतालाई ध्यान दिँदै सूक्ष्म रूपमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x