१३ मंसिर २०८३, शनिबार

देउवाको एक्सनले सुकुम्बासीमा खुशीको लहर

एसीपी संवाददाता

२५ पुष २०७८, आईतवार २३:४४ मा प्रकाशित

सरकारले भूमिहीनलाई जग्गा दिने तथा लालपूर्जा दिने कार्य अगाडि बढाएको छ । राष्ट्रिय भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गरेर लाजपूर्जा तथा जग्गा वितरण थालिने जनाएको छ ।

आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी झापादेखि कञ्चनपुरसम्म २७ जिल्लाका विभिन्न स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्ने भएको हो ।

Bhumihin Sukumbashi.jpeg

विभिन्न स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम १८ माघदेखि ३५ दिनभित्र निवेदन फाराम भरेर स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत पेश गर्न आयोगले आह्वान गरेको छ ।

आफूले आबाद कमोत गरेको जग्गाको नाप नक्सा सम्बन्धित नापी टोली खटिए पश्चात गराउन पनि भनिएको छ । आयोगले यस अघि निवेदन दिइसकेकाहरूले निस्सा लिन र जग्गा नाप जाँच/चेकजाँच गराउन सम्पर्क गर्नु हुन अनुरोध छ ।

सरकारले जग्गा वितरण तथा लालपूर्जाको काम अगाडि बढाएपछि सुकुम्बासी बस्तीमा खुसियाली छाएको छ । वर्षौदेखि सुकुम्बासी र जग्गा धनीविहीन भएर बस्दै आएको सुकुम्बासी परिवारले अब राहत पाउने भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x