नयाँ सरकार गठनका बेला अमेरिकी प्रतिनिधि किन आए नेपाल ?
ओएस – हामी जहिले पनि सत्यको पक्षमा बोल्ने दाबी गर्छौँ। कुनै समय नेपालमा सरकार गठन हुने बेला भारतका उच्च पदस्थ व्यक्ति नेपाल आउँदा यहाँका मिडिया र केही राजनीतिक व्यक्तिहरू ठूलो स्वरमा “भारतीय हस्तक्षेप बन्द गर” भनेर कराउँथे।
तर आज परिस्थिति अलि फरक देखिन्छ। नेपालमा सरकार बन्ने बेलामा अमेरिकाका उच्च पदका व्यक्तिहरू नेपाल आउँदा किन त्यही स्वर सुनिँदैन? किन मिडिया र केही ‘राष्ट्रवाद’ बोल्नेहरू अचानक मौन छन्?
प्रश्न भारत वा अमेरिका कसैको पक्ष–विपक्षको मात्र होइन। प्रश्न त नेपालको सार्वभौमिकता र आत्मसम्मान को हो। यदि विदेशी प्रभावको विरोध गर्ने हो भने, त्यो सबैका हकमा बराबर हुनुपर्छ—नत्र त्यो राष्ट्रवाद होइन, स्वार्थअनुसार बदलिने राजनीति मात्र हो।
हुन त यो चुनाव कसले, किन र कस्तो परिस्थितिमा गरायो भन्ने कुरा धेरैलाई थाहा छ। तर अचम्म के छ भने, थाहा हुँदाहुँदै पनि धेरैजसो मानिसहरू चुपचाप छन्।
देशको हितको कुरा गर्दा आवाज कुन देशबाट दबाब आयो भनेर होइन, देशमाथि दबाब आयो कि आएन भनेर । काला र गोरामा केहि फरक छैन दुबैले नेपाल चुस्ने मात्र हुन ।



