नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा बागेश्वरी मन्दिर सरसफाई
रिसब सिंह वाडिया नेपालगन्ज – नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा बागेश्वरी मन्दिर सरसफाई तथा डस्टविन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा बाँके जिल्लाको नेपालगंज स्थित रहेको बागेश्वरी मन्दिरमा एक कार्यक्रमका बिच मन्दिर परिसर सरसफाई तथा डस्टविन हस्तान्तरण गरिएको छ ।
आयोजकको तर्फबाट नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी अध्यक्ष सन्ध्या जोशी तथा बागेश्वरी मन्दिरको तर्फबाट मुल महन्थ चन्द्रनाथ योगीको उपस्थिती रहेको उक्त सरसफाई कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. उमेशराज जोशी, बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रा.प्र.ब.उ. अमिन कुमार श्रेष्ठ, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)का समादेशक प्र.ब.उ. सुशिल सिंह राठौर, नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत (हाल नेपालगंज) का प्र.ब.उ. संजिव शर्मा दास, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा, राष्ट्रिय अनुसन्धान बिभाग जिल्ला कार्यालय बाँकेका उप-अनुसन्धान निर्देशक मोहन कुँवर लगायत जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी अधिकृत तथा जवानहरुको महत्वपुर्ण उपस्थिती रहेको थियो ।बिहान ८:०० बजे प्रारम्भ भएको उक्त कार्यक्रम करिव २ घण्टा मन्दिर सरसफाई पश्चात १०:०० बजे समापन भएको ज़िला प्रहरी कार्यालयले जानकारी दिएको हो ।




