१० कार्तिक २०८३, सोमबार

नेपाल–भारत सम्बन्ध प्रगाढ बनाउन सिद्धार्थनगरमा छलफल, नेपाल मैत्री संघलाई सशक्त बनाउने प्रतिबद्धता

एसीपी संवाददाता

९ कार्तिक २०८३, आईतवार १४:३९ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज,कात्तिक ८ — नेपाल र भारत बीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपाल मैत्री संघलाई सशक्त बनाउने उद्देश्यले भारतको उत्तर प्रदेशस्थित सिद्धार्थ नगरमा भेटघाट तथा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

सिद्धार्थनगरस्थित आवास गृहमा आयोजित उक्त भेटघाटमा भारत सरकारका सांसद श्री जगदम्बिका पाल, उत्तर प्रदेशका विधायक श्री श्याम धनी राही तथा नेपालका तर्फबाट लुम्बिनी विकास कोषका पूर्वकार्यकारिणी सदस्य राजेश ज्ञवाली, पत्रकार नारद कोहार, पूर्वप्रेस क्लब अध्यक्ष एवं वरिष्ठ पत्रकार जयप्रकाश गुप्ता, मान्यताप्राप्त पत्रकार सन्दीप कुमार मधेशिया र वरिष्ठ पत्रकार ध्रुव यादवको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी अतिथिहरूलाई भव्य स्वागत तथा अभिनन्दन गरिएको थियो।भेटघाटका क्रममा नेपाल र भारतबीच सदियौँदेखि कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, धार्मिक तथा सांस्कृतिक निकटता, आपसी सहयोग र सामाजिक सद्भावलाई अझ मजबुत बनाउने विषयमा गहन विचारविमर्श भएको थियो। साथै, नेपाल मैत्री संघको संस्थागत विकास, संगठनलाई थप प्रभावकारी बनाउने तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विषयमा पनि छलफल गरिएको थियो।

‘नेपाल–भारतको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै नेपाल मैत्री संघलाई सशक्त बनाउनु आजको आवश्यकता हो,’ छलफलको मूल भाव रहेको थियो। सहभागीहरूले आपसी समझदारी, सहकार्य र सद्भावलाई प्राथमिकता दिँदै दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन यस्ता भेटघाट तथा संवादले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।

नेपाल र भारतबीच भौगोलिक निकटतासँगै धार्मिक, सांस्कृतिक, पारिवारिक तथा सामाजिक सम्बन्धसमेत गहिरो रूपमा जोडिएका छन्। यस्ता संवाद र सहकार्यले पारस्परिक विश्वास अभिवृद्धि गर्नुका साथै जनस्तरको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल मैत्री संघलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, आपसी सहयोग र सद्भावलाई निरन्तर अघि बढाउने उद्देश्यका साथ भेटघाटलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x