११ जेष्ठ २०८३, सोमबार
प्रधानमन्त्रीले सम्बोधन नगर्ने
प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते टुँडिखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्ने भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्नका लागि आग्रह गर्दै प्रधानमन्त्री कार्यालयबाट पत्र पठाएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
पत्रमा संविधानको धारा ६६ को उपधारा २ बमोजिम जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरिदिन सिफारिस गरिएको भए पनि स्रोतले उक्त धाराको आसय यो नभएको बताएको छ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री बालेन्द्रकै नेतृत्वमा गणतन्त्र दिवस मूल समारोह समिति बनाएको छ। यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने र राष्ट्रपतिको उपस्थिति रहने परम्परा रहेको थियो। तर, अहिले प्रधानमन्त्री आफूले सम्बोधन नगरेर राष्ट्रपतिलाई सम्बोधन गर्न पत्रमार्फत सिफारिस गरेका हुन्। नागरिकन्युज
Subscribe
Login
0 Comments



