११ भाद्र २०८३, बिहीबार

बेलास्पुरमा बृहत सरसफाइ

एसीपी संवाददाता

२१ कार्तिक २०८२, बिहीबार ०७:२७ मा प्रकाशित

कार्तिक १८, नेपालगञ्ज ÷  नेपालगञ्ज उपमहानगरपालिका १२ को  बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।
द कोकाकोला फाण्डेशनको आर्थिक सहयोगमा सञ्चालित ग्रीन नेपालगञ्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत बास नेपालको आयोजनामा मैगलबार सो सामुदायिक सरसफाई सम्पन्न भएको हो ।
गाउँ, टोल र सहर सफा राख्दै समुदायबाट उत्पन्न भएको फोहोरलाई वर्गिकरण गरी पुन प्रयोगमा ल्याउन सकिने फोहोरलाई पुनः प्रयोग गर्ने तथा प्रयोगमा आउन नसक्ने फोहोरलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बास नेपालका कार्यक्रम संयोजक मन भण्डारीले बताएका छन् ।
सरसफाई अभियानमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा सदस्य राज कुमार बाल्मिकी, बास नेपालका बाँके शाखा अध्यक्ष रामु चिडिमार, बास नेपालका पदाधिकारी, कर्मचारी, स्वयंसेवकहरु र स्थानीयको सामुहिक सहभागिता रहेको थियो ।
३० जना सरफाई अभियानकर्ताहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रमबाट प्लाष्टिका बोतलहरु, प्लाष्टिकका झोला तथा पोलेथिनहरु, सिसा तथा काँचका टुक्रा र बोतलहरु, कागज जन्य पदार्थ, मिसावट भएको फोहोर हरुलाई अलग अलग गरेर फोहोर संकलन गरिएको बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले बताए । टोलमा रहेका सम्पुर्ण नाला जाम भएर पानी पास हुन नसक्ने अवस्था भएकोमा सो नालाहरु सफा गरिएको बोहराले बताए ।
बास नेपालले नेपालगन्ज क्षेत्रमा नियमित रुपमा सरसफाइ गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x