भन्सारमा कडाई गर्दा भारतको सकारात्मक सहयोग , प्रहरीको सेटिङ के रोकिन्छ ?
काठमाडौं – नेपाल सरकारले १०० रुपैया को समान भन्दा बढी को समानमा अनिवार्य भन्सार शुल्क लाग्ने निर्णय प्रती भारतले आफ्नो प्रतिक्रिया दिएको छ ।
नेपाल बाट भारत तिर अबैध समान दुबै तिर को प्रहरीको मिलिमतोमा तस्करी हुने गरेको छ ।
भारत बाट समेत अबैध समान ल्याइने चलन रहेकोेले अब बिना भन्सार तस्करी रोक्न प्रहरी सक्रिय भएको छ । तस्करी रोक्न नेपाल सरकारले कडा निर्णय लिएको हो । यो निर्णय लिन नेपाल सरकारले पक्का पनि सुरक्षा निकाय संग समन्वय गरेर नै निर्णय गरेको होला ।
नेपालले भन्सारमा कडाइ गरेको कुरामा भारतका बिदेश मन्त्रालयले चासो लिदै तस्करी रोक्न नेपाल सरकारले लिएको निर्णयको बारेमा आफ्नो जिज्ञासा् सुनाएको छ । भारत बिदेश मन्त्रालयले नेपालले आफ्नो सुरक्षा र हितमा निर्णय लिन सक्ने र यो बारेमा छलफल भइरहेको बताएको छ ।
तराईका २२ जिल्लालाई छुने यो नेपालको सिमाना मा तस्करी रोक्न भन्सार मात्र कडाई गरेको हो व प्रहरीकै सेटिङ मै राती हुने तस्करी समेत रोक्न नेपालको के एक्सन प्लान छ यो हेर्न बाकी नै छ ।
यदि प्रहरीको मिलोमतो भएन भने तस्करी रोक्न सकिने नेपाल सरकारको यो निर्णय नेपाली जनताको लागि लाभदायक हुने छ ।



