१३ मंसिर २०८३, शनिबार

मधेशी जनताको बिरोधि भयो उपेन्द्र यादवको जसपा , मन्त्रीको बिवादित मन्तव्य

एसीपी संवाददाता

७ माघ २०७८, शुक्रबार ०३:४३ मा प्रकाशित

पंकज बैश्य  =  मधेशको जनता र अन्य पार्टीका नेता कार्यकर्तालाई झिगा सम्झिने उपेन्द्र यादवको पार्टीका नेता तथा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले हिंसा भड्काउने अभिव्यक्ति दिएकी छन् । जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए ज्यान जान सक्ने धम्की दिएकी हुन् । यो कुनै नयाँ कुरा हैन मधेस जनताको बलिदानको बलमा पटक पटक सत्तामा पुगेको उपेन्द्र यादवले मधेसी जनताको बलिदान मुल्यांकन नगरेर सत्ता खेलमा लागेका छ्न । तत्कालीन नेकपा माओवादी पार्टी तराईका विभिन्न जिल्लामा मधेसी नेताको हत्यामा तत्कालीन मधेसी जनाधिकार पार्टी उपेन्द्र यादवले पार्टी गठन गर्दा बाके बर्दिया र पुर्ब जिल्लामा समेत कार्यकर्ताको हत्या भएको थियो । अहिले प्रचण्ड सङ मिलेर सत्तामा उपेन्द्र र उनका नेता कार्यकर्ता मौज मस्तीमा छन जनतालाई ज्याम धम्की दिन शुरु गरेका छन ।
बलिदानी दिवस मनाउन गौर पुगेकी मन्त्री यादवको मानसिकतामा मधेसी जनता प्रति के भावना रहेको भन्ने मन्साय स्पष्ट भएको छ । उनलाई जनमत पार्टीका नेता राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी हुन् ।
७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।
जसपा नेता एवं मन्त्री यादवले सम्बोधनका क्रममा पटकपटक राइस मिल घटना नबिर्सन आग्रह गरिन् । ‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर’ उनले भनिन्, ‘लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’
बलिदानी दिवसमा हिंसा नगर्ने भन्दै उनले अघि भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’
उनले हिम्मत भए सिंहदरबार घेराउ गरेर देखाउन समेत राउतलाई चुनौती दिएकी छन् । तत्कालीन फोरम पार्टीका थुप्रै कार्यकर्ताको ज्यान गएको हो । तर तिनिहरुको परिवारमा पिडा अझै सकेको छैन । माओवादीको बिरोधको रूपमा शुरु भएको पार्टी अहिले प्रचण्ड समक्ष नतमस्तक छ्न उपेन्द्र के यहि हो मधेसी जनता सङ न्याय समय जनताले न्याय गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x