३१ असार २०८३, बुधबार

माननीय सांसद डा. धवल शम्शेर रनासँग प्रश्न “के तपाईंलाई यही पैदल यात्रा

एसीपी संवाददाता

२२ श्रावण २०८२, बुधबार ०९:१२ मा प्रकाशित

बाँकेका किसानको मलको अभाव : माननीय सांसद डा. धवल शम्शेर रनासँग प्रश्न “के तपाईंलाई यही पैदल यात्रा गर्नकै लागि बाँकेका जनताले चुनेका थिए?”

नेपालगन्ज, बाँके — हाल बाँके जिल्लाका किसानहरू गम्भीर समस्यामा परेका छन्। वर्षा सुरु भइसकेको छ, रोपाइँको मुख्य सिजन चलिरहेको छ, तर कृषकहरूले आवश्यक रासायनिक मल (युरिया, डीएपी, पोटास) अझैसम्म पाएका छैनन्।

यही पृष्ठभूमिमा, स्थानीय नागरिक र कृषकहरूका तर्फबाट एक गम्भीर प्रश्न उठाइएको छ:
“बाँकेका किसानले मल कहिले पाउने?”

स्थानिय नागरिक नूर मोहम्मद अन्सारी भन्छन् —

“माननीय सांसद डा. धवल शम्शेर राना पैदल यात्रा गर्दै जनताको समस्या बुझ्ने नाममा गाउँ-गाउँ पुगिरहनु भएको छ। तर बाँकेका किसान मल नपाएर हैरान भइरहेका छन्। आखिर सांसदज्यू के गर्दै हुनुहुन्छ? यस्ता महत्वपूर्ण समस्याप्रति किन मौनता छ?”
के तपाईंलाई यही पैदल यात्रा गर्नकै लागि बाँकेका जनताले चुनेका थिए?”

“हामीले सांसद चुन्नुको आशय नीति निर्माण, समस्या समाधान र संसदीय दबाबमार्फत विकास गर्न हो, तर यहाँ मल नपाएर किसान रोइरहँदा सांसद पैदल यात्रा गर्दै केवल फोटो खिचाइमा व्यस्त छन्।”

“हाम्रो माग स्पष्ट छ — मल कहिले आउँछ? किसानलाई राहत कहिले मिल्छ? सांसदज्यू, कृपया वास्तविक समस्यामाथि ध्यान दिनुहोस्।”

बाँकेजस्ता कृषिमा आधारित जिल्लामा समयमै मल नपाउनु कृषकको मात्र समस्या होइन,
जिल्लाको समग्र कृषि उत्पादन र खाद्य सुरक्षा माथि पनि गम्भीर असर पर्न सक्छ।

सरकार, कृषि विभाग र स्थानिय जनप्रतिनिधिहरूले तत्काल कदम चालेर
मलको अभाव समाधान गर्नुपर्ने माग चर्किंदै गएको छ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x