१३ मंसिर २०८३, शनिबार

युरोपेली सुपरमार्केटमा गाईको मासुमाथि प्रतिबन्ध

एसीपी संवाददाता

२ पुष २०७८, शुक्रबार ०२:०९ मा प्रकाशित

०२ गते पौष २०७८ । साओ पाउलोः युरोपेली सुपरमार्केटहरुले गाइको मासुमाथि प्रतिबन्ध लगाएका छन्। वन विनाशको कारण देखाउँदै विभिन्न ६ वटा युरोपेली सुपरमार्केटले ब्राजिलबाट आयात हुने गाइको मासुमाथि प्रतिबन्ध लगाएका हुन्।

वनजंगलसँग गाई तथा अन्य वस्तुभावको प्रत्यक्ष सम्बन्ध मानिन्छ। गाई तथा गाईको मासुबाट उत्पादन हुने सामग्री खरिद बिक्रीमा रोक लगाउदा अमेजनको रेनफरेस्ट विनाश हुनबाट जोगिने भन्दै सो प्रतिबन्ध लगाउने निर्णय गरिएको अधिकारीहरुले बताएका छन्।

दक्षिण अमेरिकाबाट हुने गाइको मासु खरिदमा सन् २०२२ को सुरुवातदेखि नै प्रतिबन्ध लगाउने बताइएको छ। सो प्रतिबन्धलाई प्रभावकारी बनाउन विभिन्न निगरानी गरिने समेत बताइएको छ। करिब १४ हजार भन्दा बढी ढुवानीकर्ताले दक्षिण अमेरिकाबाट गाई र गाईको मासु वैधानिक र अवैधानिकरुपमा युरोपेली र अमेरिकी मुलुकमा पठाउने गरेको बताइएको छ।

अमेजन रेनफरेस्ट विनाश हुँदै गएको र सन् २०२१ मा मात्र सो जंगल १५ वर्षयताकै उच्च विनाश भएको तथ्यांकले देखाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x