१७ जेष्ठ २०८३, आईतवार
रास्वपा बाँकेले मददातालाई दिए धन्यवाद
नेपालगन्ज
।नेपालगन्ज वडा नं. २० मा बाँके २ बाट रास्वपाको प्रतिनिधि सभा उम्मेदवार रहनुभएका विबेक कुमार श्रेष्ठ र नगर सभापती नबिन खड्काले मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्न एक कार्यक्रम आयोजना गरेका छन् ।
चुनावी परिणाममा बाँके क्षेत्र नं. २ मा विजय हासिल गर्न नसके पनि जनताले देखाएको साथ, विश्वास र उत्साह अतुलनीय रहेको उहाँहरूले बताउनुभयो । मतदानमार्फत दिएको समर्थनप्रति सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ ।
वडा नं २० बाट घण्टी चुनाव चिन्हले अन्य दलभन्दा सर्वाधिक प्रत्यक्ष तर्फ १८७२ र समानुपातिक तर्फ २१४२ मत प्राप्त गरेको थियो ।
Subscribe
Login
0 Comments




