१२ बैशाख २०८३, शनिबार
लुम्बिनी प्रदेश प्रहरीको सक्रियता: भैरहवामा करिब ५.८३ लाख बराबरका अवैध सामान नियन्त्रणमा
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त प्रहरी टोलीले रुपन्देहीको सिद्धार्थनगर–८, अन्नपूर्ण टोलस्थित Nepal Can Move कुरियर अगाडिबाट करिब रु. ५,८३,२८१ बराबरका सामान नियन्त्रणमा लिएको छ।
प्रहरी टोलीले लेडिज सुट, कस्मेटिक सामग्री, मोटरसाइकल भाइजर लगायतका विभिन्न सामान फेला पारी नियन्त्रणमा लिएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त सक्रियतामा उक्त सामान बरामद गरी थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि व.प्र.का. भैरहवामा राखिएको प्रहरीले जनाएको छ ।
Subscribe
Login
0 Comments



