१२ भाद्र २०८३, शुक्रबार

विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्धा दायर

एसीपी संवाददाता

२३ मंसिर २०८२, सोमबार १५:०३ मा प्रकाशित

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्धा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार करिब ८ अर्ब रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

पूर्व पर्यटनमन्त्रीहरू स्व. पोस्टबहादुर बोगटी, दीपक अमात्य, रामकुमार श्रेष्ठ, भीम आचार्य र तत्कालिन अर्थमन्त्री रामशरण महतसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

त्यस्तै अख्तियारले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि प्रतिवादी बनाउँदै मुद्धा दायर गरेको छ।

यी दुवै नलिन्चोक हेलिपोर्ट निर्माणमा अनियमितता गरेको अभियोगमा अख्तियारको नियन्त्रणमा छन्। प्रदीप अधिकारी उड्डयन क्षेत्रको बदनाम नाम बनिसकेको छ। जहाँ भ्रष्टाचार प्रकरण बाहिरिन्छन् उनको नाम नजोडिने सायदै होला?

त्यस्तै पोखरा विमानस्थल भ्रष्टाचारमा सर्वोच्च अदालतका पूर्वरजिस्ट्रारसमेत रहेका विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यदलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना, सुरेशमान श्रेष्ठ, मधुकुमार मरासिनीसहित १० पूर्वसचिवहरूविरुद्ध अख्तियारले मुद्धा दायर गरेको छ।

गत वैशाखमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब भ्रष्टाचार भएको दाबीसहित अख्तियारलाई अनुसन्धानका लागि निर्देशन दिएको थियो।

लगत्तै अनुसन्धान थालेको अख्तियारले ७ महिना लगाएर आरोपपत्र तयार पारेको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x