सहयोग गर्न चिनियाँ टोलि आयो तर पूर्वसूचना किन दिएन भन्ने प्रश्न बाकी
काठमाडौं – नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि चीनले उद्धार तथा राहतका लागि सहयोग पठाएको छ । बाढीपहिरो आउनुअघि नेपाललाई सूचना किन दिइएन भन्ने प्रश्न उठेको छ।
पत्रकार केपी देवकोटाले विपद् आउनुअघि नै जोखिमको सूचना उपलब्ध किन नगराएको जवाफ दिनुपर्ने बताएका छन्।
उनका अनुसार, सीमापार क्षेत्रमा हुने बाढी, पहिरो, हिमताल तथा हिमपहिरोजस्ता जोखिमबारे छिमेकी मुलुकबीच समयमै सूचना आदान–प्रदान हुनु अत्यन्त महत्वपूर्ण हुन्छ।
अगस्ट २६ मा नेपाल–तिब्बत सीमा क्षेत्रमा भएको विनाशकारी घटनापछि ठूलो जनधनको क्षति भएको छ। प्रारम्भिक अध्ययनअनुसार हिमनदीको एक भाग भत्किएपछि बरफ, चट्टान र माटो नदीतर्फ खस्दा तीव्र बहावसहितको बाढी आएको देखिएको छ।
यस घटनापछि नेपालमा पूर्वसूचना प्रणाली, सीमापार जल तथा मौसमसम्बन्धी सूचना आदान–प्रदान र सम्भावित विपद्को जोखिमबारे छिमेकी मुलुकबाट समयमै जानकारी प्राप्त गर्ने संयन्त्रबारे समेत गम्भीर बहस सुरु भएको छ।
चीनले जे भन्छ मान्न जरुरी छैन । हिमनदी व बाढीपहिरो आएको स्थानको नेपाली सेनाले नै अध्ययन गर्न आवश्यक छ । नेपाली सेना आफुले सहि कुरा पत्ता लाउन सक्छ त्यसैले यसको स्थलगत भ्रमण गरेर सेनालाई सत्यतथ्य पत्ता लाउन चीनले अनुमति दिनुपर्छ पत्रकार केपी देवकोटाले आफ्नो भनाई सार्वजनिक गरेका छ्न ।


