१३ मंसिर २०८३, शनिबार
स्थानीय तहको निर्वाचन बैशाखमै हुन्छ – प्रधानमन्त्री
काठमाडौं। स्थानीय तहको निर्वाचन बैशाखमै गराउनेगरि आफू प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
महान्यायाधिवक्ता खम्मबहादुर खातीले प्रधानमन्त्री देउवासँग गरेको निर्वाचनकेन्द्रित छलफलमा यस्तो प्रतिबद्धता व्यक्त गरेका छन् ।
छलफलमा प्रधानमन्त्री देउवाले संविधानले निर्देशन गरेबमोजिम समयमै स्थानीय तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
यसअघि स्थानीय तहको निर्वाचन बैशाखमै गर्नको लागि सरकारले आलटाल गरेको समाचार आएका थिए ।
खासगरी सत्तापक्षीय गठबन्धनमा बैशाखमा स्थानीय तहको निर्वाचन गर्नेबारे समान धारणा नभएको र मंसिरमा तीनै तहको निर्वाचन गराउनेबारे छलफल भएको कुरा बाहिर आएको थियो ।
Subscribe
Login
0 Comments


