१० कार्तिक २०८३, सोमबार

स्व. बाबुराम गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्न मन्त्री खत्री सीतापुरमा, १३औँ दिनमा मुख्यमन्त्री आचार्य आउने

एसीपी संवाददाता

९ कार्तिक २०८३, आईतवार १४:४१ मा प्रकाशित

दिनेश ठाकुर खजुरा (बाँके), ८ कात्तिक —  लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री तथा नेकपा (एमाले) का नेता रत्न खत्रीले पार्टीका अग्रज नेता स्वर्गीय बाबुराम गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

गौतमको पाँचौँ दिनको पुण्यतिथिका अवसरमा बाँकेको खजुरा गाउँपालिका–२, सीतापुरस्थित उहाँकै निवासमा आयोजित श्रद्धाञ्जली सभामा मन्त्री खत्री सहभागी हुनुभएको हो।नेकपा (एमाले) का पालिका तथा वडा कमिटीको संयुक्त आयोजनामा आइतबार सम्पन्न श्रद्धाञ्जली सभामा मन्त्री खत्रीसहित एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सभामा एमाले नेताहरू नन्दलाल रोका, सतिश निरौला, भक्तबहादुर केसी, लालबहादुर खत्री, भीम वली, यमबहादुर महातारा, गेहेन्द्र धिताल, देविलाल खनाल, निर्मल खनाल र देउमाया मगर्नीलगायत स्थानीय नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए।

श्रद्धाञ्जली सभामा मन्तव्य राख्दै मन्त्री खत्रीले स्वर्गीय गौतमले पार्टी संगठन तथा समाजका लागि पुर्‍याउनुभएको योगदानको स्मरण गर्नुभयो। उहाँले गौतमको निधनले पार्टी र स्थानीय समुदायलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो।

यसैबीच, स्वर्गीय गौतमको १३औँ दिनको पुण्यतिथिमा नेकपा (एमाले) जिल्ला कमिटी बाँकेको आयोजनामा बृहत् श्रद्धाञ्जली सभा गरिने भएको छ। उक्त सभामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसमेत सहभागी हुने जानकारी मन्त्री खत्रीले दिनुभएको छ।

स्वर्गीय गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित कार्यक्रमले उहाँको राजनीतिक तथा सामाजिक योगदानको स्मरण गर्दै पार्टी र समुदायमा उहाँले पुर्‍याउनुभएको योगदानलाई सम्मान गर्ने अवसर प्रदान गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x