३२ असार २०८३, बिहीबार
हमाशले ३ जना इजरायल नागरिकलाई छोडदै
इजरायल । हमासले शनिबार रिहा गर्ने तीन जना इजरायली बन्दीको नाम सार्वजनिक गरेको छ। एल साराबी, ओहाद बेन अमाइ र ओर लेभी रिहा हुन लागेका हुन्। १९ जनवरीमा युद्ध विराम भए यता १८ जना बन्दी यसअघि नै रिहा भइसकेका छन्।
यसको बदलामा ३८३ प्यालेस्टाइनी कैदी पनि इजरायली जेलबाट छुटेका छन्। शनिबार थप १८३ जना प्यालेस्टाइनीलाई जेलबाट इजरायलले छाड्ने छ।
पहिलो चरणमा ३३ बन्दी तथा १९ सय कैदी छाड्ने सहमति भएको छ। छाड्ने भनिएका ३३ मध्य ८ जना मरीसकेको इजरायलले जनाएको छ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो भने २५१ जना बन्दी बनाइएका थिए। यसको प्रतिकारमा इजरायलले गरेको हवाई आक्रमणमा ४७ हजार भन्दा बढी मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
Subscribe
Login
0 Comments



