१३ मंसिर २०८३, शनिबार

हिन्दु रास्ट्र स्वाभिमान जागरण अभियान अन्तर्गत नेपालगन्जमा प्रशिक्षण

एसीपी संवाददाता

३ पुष २०७८, शनिबार १४:५७ मा प्रकाशित

०३ गते पौष २०७८ । बिकास खडका –  हिन्दु रास्ट्र स्वाभिमान जागरण अभियान अन्तर्गत नेपालगन्जमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज सम्पन्न प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि तथा नेपाल प्रहरीका पुर्ब एआईजी एवं हिन्दु स्वयंसेवक सघका राष्ट्रिय उपाध्यक्ष कल्याण कुमार तिमिल्सिनाको विशेष उपस्थिति रहेको थियोे  भने कार्यक्रमको सभापतित्व हिन्दु स्वयंसेवक सघ बाकेका अध्यक्ष खडक बहादुर बोहराले गर्नु भएको थियो । चार घन्टा सम्म चलेको प्रशिक्षण कार्यक्रममा बाके जिल्लाका ६ वटा गाउँपालिका तथा १ नगरपालिका तथा १ उपमहानगरपालिका बाट करिब ४ सय जना सघका कार्यकर्ताहरु सहभागीता रहेकोे थियो । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान अन्तर्गत बाके जिल्लाको हरेक वडा – वडामा रहेको हरेक हिन्दुको घरमा – घरमा गई हिन्दु राष्ट्रको बारेमा जागरण गराउने अभियान संचालन गर्ने हिन्दु स्वयंसेवक सघका प्रचारक बिकुल दाहालले जानकारी दिनु भयो । विभिन्न वैदेशिक तत्वहरुद्वारा हिन्दु धर्म माथी प्रहार भई रहेको बेला हिन्दु जागरण अभियानले हिन्दु धर्म संस्कृतिका बारेमा थप जागरूकता आउने बिश्वास लिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x