१२ मंसिर २०८३, शुक्रबार

अन्ततः उपेन्द्र यादवलाई पन्छाउदै महन्तले गराए मधेसको लागि ठुली निर्णय

एसीपी संवाददाता

९ जेष्ठ २०७८, आईतवार १५:११ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छन् । राष्ट्रपति कार्यालयले आइतवार सूचना जारी गरेर नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाएको छ ।

अध्यादेश जारी भएसँगै अब जन्मसिद्धका आधारमा वंशजको नागरिकता पाइने छ । अध्यादेश कानुन बनेर आएको छ । नागरिकतासम्बन्धी कानुन फेरिएको छ । सहजै नागरिकता पाउन सकिने भएको छ । जसपाका नेता सुरेन्द्र झाका अनुसार करिब ५.५ लाख अनागरिक यो कानुनले नागरिक हुन पाउने भएका छन् ।

महन्थ र राजेन्द्रको जित

विगत १० देखि १५ वर्ष लामो मधेस आन्दोलनको प्रमुख एजेण्डा बन्यो नागरिकता । काठमाडौंले मधेसीलाई भारतीय देखेर नागरिकता दिएन । नागरिकता कानुन खुकुलो बनाउँदा भारतीय आउँछन् र नेपाल कब्जा गर्छन, तराई कब्जा गर्छन भन्ने शसंयका बिच धेरै नागरिकले नागरिकता नै पाएनन् । अनागरिक भएर बसिरहे । यो मधेस आन्दोलनको एजेण्डा बन्यो । तर मधेसकेन्द्रीत दल पटक पटक सत्तामा गएपछि माग सम्बोधन भएन । अहिले मधेसी नेताहरुको एउटै दल छ जसपाले । त्यसमा पनि मधेसका वरिष्ठ नेता महन्थ ठाकुरको समूहले मागलाई निरन्तर उठाइरह्यो । सत्तालाई प्राथमिकता दिएन ।

अर्कोतिर आफूलाई मधेस आन्दोलनको मसिया ठान्ने उपेन्द्र यादव भने यिनै एजेण्डाको बलमा पटक पटक सत्तामा पुगे । राम्रै कमाए । आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गरे । तर मधेसका लागि सिन्कोसम्म भाँचेनन् । सत्तामा जाने तर मुद्दाका सवालमा सधै असफल रहे उपेन्द्र । पछिल्लो समय त उनलाई मुद्दा भन्दा सत्ता प्यारो लाग्न थाल्यो । तर जब उनी महन्थ ठाकुर र राजेन्द्र महतोको फेला परे त्यसपछि उनी सत्तामा जान पनि असफल रहे । महन्थको दह्रो अडानका सामु उपेन्द्रको केही चलेन । महन्थलाई चुनौती दिँदै सत्ताको खेलमा नलागेका भने होइनन् उपेन्द्र । तर सफल भए पो । बरु मुद्दा समातेर बसेका महन्थ र राजेन्द्र सफल भए । उनीहरु सत्तामा गएनन् । समर्थन गरेर होस् वा तटस्थ बसेर जुन एजेण्डाका लागि राजनीति गरेका थिए त्यसलाई सम्बोधन गराउन तत्पर रहे ।

बलस्वरुप आज विभेदकारी नागरिकता कानुनमा आमुल परिवर्तन आएको छ । मधेसीलाई महसुस हुनेगरी कानुन फेर्न महन्थ र राजेन्द्र सफल भएका छन् । त्यसैगरी मुद्दा छोडेर वैकल्पिक सरकारको दौडमा रहेका उपेन्द्र भने निरन्तर असफल हुँदैछन् । सत्तामा जाने नाकामीले हुँदाहुँदा उनले ओलीले सम्बोधन गरेको निर्णय नमान्नेसम्मको हदसम्म पुगेका छन् । यो पनि एक हिसाबले महन्थ र राजेन्द्रको जित हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x