अफगानिस्तानमा बम बिस्फोट १९ जनाको मृत्यु ५० घाइते
१६ गते कात्तिक २०७८ मंगलबार । एजेन्सी न्युज — अफगानिस्तानको राजधानी काबुलस्थित सरदार मोहम्मद दाउद खान मिलिटरी अस्पतालमा भएको आक्रमणमा हालसम्म १९ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार ५० जनाभन्दा बढी घाइते भएका छन् ।
तालिबानका उपप्रवक्ता बिलाल करीमीले सञ्चारमाध्यमलाई भने कि यस क्षेत्रमा सुरक्षा बल तैनाथ गरिएको छ, त्यहाँ हताहतको कुनै रिपोर्ट छैन। यद्यपि यसअघि गृह मन्त्रालयका प्रवक्ता सईद खोस्तीले विस्फोटमा हताहत भएको बताएका थिए तर मृत्यु हुनेको संख्या भने पुष्टि गरेका थिएनन्।
तालिवान कब्जा पछि अफगानिस्तानमा निरन्तर बम बिस्फोट हुने थालेको हो । मंगलबार अफगानिस्तानको काबुलस्थित सैनिक अस्पतालमा बम विस्फोट हुँदा कम्तीमा १९ जना मारिएका छन् । ५० जना घाइते भएका छन् ।
काबुलको सबैभन्दा ठूलो सैनिक अस्पताल सरदार मोहम्मद दाउद खान अस्पतालमा मंगलबार विस्फोट भएको हो । जहाँ ४०० वटा शैय्या छन् । सरकारी अधिकारीहरूका अनुसार घटनापछि सुरक्षाकर्मीहरू घटनास्थलतर्फ पुगेका छन् ।
घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । यद्यपि स्थानीयहरूले स्लामिक स्टेटका लडाकुहरू अस्पतालभित्र छिर्दै गरेको आफूले देखेको दाबी गरेका छन् । अस्पतालका स्वास्थ्यकर्मीहरूका अनुसार विस्फोटसँगै अस्पतालमा गोली प्रहारसमेत भएको थियो । अफगानिस्तानमा यसरी बिरोध शुरु भएको हो ।
अफगानिस्तानमा मध्य अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि सशस्त्र स्लामिक स्टेटका लडाकुले आक्रमण तीव्र पारेका छन् । यसअघि काबुल विमानस्थल लगायत विभिन्न स्थानमा भएका विस्फोटमा परी १ सयभन्दा धेरैले ज्यान गुमाएका छन् । अफगानिस्तानमा तालिवानको कब्जा हुने बित्तिकै त्य्हा स्थित नेपाली , भारतिय लगायतलाई उद्दारमा कठिनाई भएको थियो । केही मात्र ३४ जना नेपालीको उद्दार भएको हो । तालिवानलाई पाकिस्तान सरकारको व्यापक समर्थन रहेको छ भने चीनले पनि तालिवानलाई मान्यता दिन भन्दै आएको छ । चीनलाई आफ्नो देशमा उईगर मुस्लिमको मुद्दा दबाउने शर्तमा तालिवानलाई समर्थन गर्दै आएको छ ।


