१२ मंसिर २०८३, शुक्रबार

अफगानिस्तान सिमानामा आतंककारी हमला दुई पाकिस्तान सेनाको मृत्यु

एसीपी संवाददाता

१३ मंसिर २०७८, सोमबार ०१:०३ मा प्रकाशित

१३ गते मङ्सिर २०७८ । पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लामा अफगानिस्तान सीमा क्षेत्र नजिक पाकिस्तानी सुरक्षा चेक पोस्टमा अज्ञात समूहले गरेको आतङ्कवादी हमलामा दुई पाकिस्तानी सैनिकले ज्यान गुमाएका छन् ।

सेना र आतङ्कवादीबिच गोली हानाहान हुँदा दुई सैनिकले ज्यान गुमाएका त्यहाँको सेनाले जनाएको छ । त्यसपछि आतङ्ककारीहरू भागेको र कुनै समूहले हमलाको जिम्मा नलिएको बताइएको छ । 

पाकिस्तान सरकार र प्रतिबन्धित आतङ्कवादी समूह तहरीक ए तालिबान पाकिस्तान (टीटीपी) बीच भएको एक महिने युद्ध बिराम सहमति भएको थियो । नोभेम्बर ९ मा भएको युद्ध बिराम सहमतिपछिको यो तेस्रो आतङ्कवादी हमला हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x