१६ भाद्र २०८३, मंगलवार

अमेरिकामा नयाँ दल गठन तेस्रो दलको शुरूवात

एसीपी संवाददाता

२२ असार २०८२, आईतवार ११:१६ मा प्रकाशित

एजेन्सी –  अमेरिकामा पनि नयाँ इलन मस्कले खोलेको छ । अमेरिकामा तेस्रो राजनीतिक दल गठन गर्ने घोषणा गरेका हुन । शनिबार सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै उनले ‘द अमेरिका पार्टी’को औपचारिक घोषणा गरेका हुन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मित्रता टुटेपछि मस्कले आफ्नै नयाँ राजनीतिक दल घोषणा गरेका हुन् ।‘फजुल खर्च र भ्रष्टाचारले देश जर्जर बनेको हुन्छ भने त्यहाँ लोकतन्त्र होइन हामी एक दलीय प्रणालीमा हुन्छौँ,’ मस्कले एक्समा लेखेका छन्, ‘आज, तपाईंहरूलाई आफ्नो स्वतन्त्रा फिर्ता दिन अमेरिका पार्टी गठन गरिएको छ ।’

उनले जुलाई ४ मा अमेरिकी स्वतन्त्रता दिवसमा ‘के तपाईं दुई दलीय प्रणालीबाट मुक्ति चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा एक्समा पोलसमेत गरेका थिए । सो सर्वेक्षणमा नयाँ दलका पक्षमा तेब्बर बढी समर्थन आएको उनको दाबी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x