अमेरिकी युद्धपोत ताइवान आईपुग्दा चीनको सातो गयो
ताइपेइ: अमेरिकी सेनाको युद्धपोत ताइवान नजिक पुग्दा चीनको सातो गयो र आपत्ति जनाएको छ । अमेरिकाको यस गतिविधिलाई चीनले ताइवानलाई भड्काउन खोजेको आरोप लगाएको छ । शुक्रबार अमेरिकी सेनाका दुई युद्धपोतले चीन र ताइवानको बीच भागमा रहेको टापु ताइवान स्ट्रिट हुँदै अन्तर्राष्ट्रिय जल क्षेत्र पार गरेको थियो ।
ताईवानको विषयमा अहिले अमेरिकाखुलेर बोल्न शुरु गरेको छ । उता ताईवान्ले
समेत चिनियाँ उपनिवेशको बिरोध गर्दै आएका छन । अहिले अमेरिकी युद्धपोतमाथि आपत्ति जनाउँदै चीनले शनिबार एक विज्ञप्ती जारी गरेको छ । ‘अमेरिकाले ताइवानलाई भड्काउन ताइवान हुँदै युद्धपोत चलाएको छ । अमेरिकाले हाम्रो आन्तरिक शान्ति, सुरक्षा र स्थायित्वमा खलल पुग्ने स्पष्ट छ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाले थाहै नदिई गरेको यस कदमप्रति चीन सरकारको कडा आपत्ति छ ।’ एजेन्सीहरु बाट साभार गरिएको ।


