१२ मंसिर २०८३, शुक्रबार
अमेरिकी विदेशमन्त्री डोनाल्ड लु आगामी बुधबार नेपाल आउँदै
२७ गते कात्तिक २०७८ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आगामी बुधबार नेपाल आउने भएका छन्।
अमेरिकी स्टेट डिपार्टमेन्टले शनिबार विज्ञप्ति जारी गर्दै दक्षिण तथा मध्य–एसियाली मामिला हेर्ने लु नोभेम्बर १७ मा काठमाडौं आउने जानकारी दिएको हो।
नोभेम्बर १५ मा माल्दिभ्स पुग्ने उनी त्यहाँ विदेशमन्त्री अहमद खलिललाई भेटेर त्यतैबाट नेपाल आउने भएका हुन्।
विज्ञप्तिअनुसार नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ।
सहायक मन्त्री लुको भ्रमणका क्रममा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने विज्ञप्तिमा उल्लेख छ। अमेरिकी परियोजना एमसीसी पास गर्ने विषय अघि नबढिरहेका बेला अमेकिरी विदेश मन्त्रीको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
Subscribe
Login
0 Comments


