१२ मंसिर २०८३, शुक्रबार

अमेरिकी सेनाले ताईवानका सेना गोप्य प्रशिक्षण दिई रहेको खुलासा

एसीपी संवाददाता

२२ आश्विन २०७८, शुक्रबार ०५:४० मा प्रकाशित

२२ गते असोज २०७८ शुक्रबार । चीन रिसाउने जोखिमबीच अमेरिकाको स्पेसल अपरेसन फोर्स र मरिनले सन् २०२० देखि ताइवानको सेनालाई गोप्य रूपमा प्रशिक्षण दिइरहेको खुलासा भएको छ । वाल स्ट्रीट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै करिब दुई दर्जन अमेरिकी सेनाले ताइवानको सेनालाई पछिल्लो एक वर्षदेखि प्रशिक्षण दिइरहेको रिपोर्ट प्रकाशित गरेको हो ।चिनियाँ नीति ताईवान् माथी हमला गर्ने भयो खुलासा बिश्व नै चकित

रोयटर्स न्यूज एजेन्सीले पनि दुई स्रोतलाई उद्धृत गर्दै फेरबदल हुने गरी अस्थायी रूपमा अमेरिकी सेनाका प्रशिक्षकहरू ताइवानमा रहेको दाबी गरेको छ । स्रोतहरूले नाम उल्लेख नगर्ने शर्तमा कहिलेदेखि प्रशिक्षण सुरु भएको नबताए पनि गत जनवरीमा जो बाइडेनले राष्ट्रपतिको पदभार सम्हालेपछि यो सुरु भएको सङ्केत गरेका छन् ।ताईवानलाई कब्जा गरीयो, एशियामा शान्ति र लोकतन्त्रको लागी विनाशकारी परिणाम – रास्ट्रपति

वाल स्ट्रीट जर्नलको रिपोर्टमा ताइवानको रक्षा मन्त्रालयले कुनै प्रतिक्रिया नजाए पनि रोयटर्ससँग भने ‘सबै सैन्य आदानप्रदान वार्षिक योजना अन्तरगत हुने’ बताएको छ । यता पेन्टागनले भने रिपोर्टलाई पुष्टि वा अस्वीकार गरेन । प्रवक्ता जोन सपलले ताइवानको सेनालाई उसको आवश्यकता अनुसार अमेरिकाले सहयोग गरिरहेको बताए ।

‘ताइवानका लागि समर्थन र रक्षा सम्बन्ध चीनले प्रस्तुत गरेको चुनौतीविरुद्ध रहेको छ,’ सपलले वक्तव्यमा भनेका छन्, ‘हामी बेइजिङलाई विवादको शान्तिपूर्ण समाधान खोज्ने प्रतिबद्धतालाई सम्मान गर्न आग्रह गर्दछौँ ।’

गत नोभेम्बरमा ताइवानको मिडियामा ताइवानको जल सेनालाई उद्धृत गर्दै मरिन र स्पेसल फोर्सलाई प्रशिक्षण दिन अमेरिकी सेना आएको समाचार प्रकाशित भएको थियो । उक्त रिपोर्टलाई अमेरिकी र ताइवानका अधिकारीहरूले अस्वीकार गरेका थिए । अलजजिरा बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x