असम्भवलाई सम्भव बनाउनेको नाम हो प्रधानमन्त्री ओलि
काठमाडौं । असम्भवलाई सम्भव बनाउने र अफ्ठयारोसँग भिड्ने नाम हो केपी शर्मा ओली । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले विभिन्न अवरोधका बाबजुद केही विकास निर्माणका काम फत्ते गरेका छन् । पार्टीभित्रको चरम असहयोगका बिचमा पनि ओली पेलेरै अगाडि बढेका छन् विकास निर्माणको मामिलामा ।
यसैक्रममा प्रधानमन्त्री ओलीले माधव नेपाल र झलनाथ खनालले समेत पूरा गर्न नसकेको काम सिध्याएका छन् ।
नेकपा एमालेका युवा नेता विष्णु रिजालका अनुसार एमालेले मौका पायो भनेर काम गरेर देखाउँछ भन्ने उदाहरण स्वदेशी लगानीमा निर्मित नेपालको सबभन्दा ठूलो माथिल्लो तामाकोशी आयोजना हो ।
माधव नेपाल प्रधानमन्त्री हुँदा सम्पूर्ण तयारी पूरा भएर झलनाथ खनालका पालामा शिलान्यास भएको आयोजना केपी ओलीका पालामा उद्घाटन भएको छ ।
मध्यपहाडी राजमार्ग, काठमाडौँ–तराई द्रूतमार्ग, नौबिसे सुरुङमार्ग, मदन भण्डारी राजमार्ग, पूर्व–पश्चिम रेल योजना, संसद् भवन, पोखरा र भैरहवा विमानस्थल, प्रत्येक पालिकामा अस्पताल जस्ता एमालेको सोचका आयोजना पूरा हुँदा तिनले नेपालको परम्परागत विकासमा गेम–चेन्जरको भूमिका निर्वाह गर्नेमा शंका छैन भनेका छन् रिजालले ।


