१२ मंसिर २०८३, शुक्रबार

आज देखि भारतिय नम्बरको सवारी साधन नेपाल प्रवेश गर्न पाउने

एसीपी संवाददाता

१५ आश्विन २०७८, शुक्रबार ०३:१६ मा प्रकाशित

१५ गते असोज २०७८ शुक्रबार । आजबाट भारतीय निजी सवारी साधनले नेपाल प्रवेश गर्न पाउने भएका छन् । कोरोनाका कारण नेपाल भारत सिमानाका बन्द गरिएको थियो । मानिस आवत जावत भए सुविधामा नेपाल घुम्न जाने सवारी साधनमा भने रोक काय थियो ।

विश्वव्यापी महामारीका कारण लामो समयसम्म बन्द रहेको सिमानाका असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले खुला गर्ने निर्णय गरेको थियो । मन्त्रालयहरु बिचको समन्वय अभावका कारण कार्यन्वयन आउन नसकेको निर्णय होटल तथा पर्यटन व्यवसायी संघ पर्साको पहलमा शुक्रवारदेखि कार्यन्वयवनमा आउने भएको हो ।नेपाली नम्बर सवारी साधन भारतमा आवत जावत गरि गरि रहेको
गृह मन्त्रालय र अर्थ मन्त्रालयबाट परिपत्र आईसकेको छ । अर्थ मन्त्रालयले भन्सार विभाग र भन्सार कार्यालयमा परिपत्र गरेसँगै आजबाट निर्धक्क रुपमा भारतीय निजी सवारी साधनको आवागमन सुचारु हुने संघका अध्यक्ष पन्तले बताए । नेपाल भारत सिमानाका बन्द दुबै तर्फका ब्यापारी निकै मर्कामा रहेका छ्न । पैदल हिंड्न् नसकिने मानिसहरु आवत जावत गर्दा सस्ती ब्योहोर्नु परेको छ ।

नेपालको पुर्बी सिमानाका आज भारतीय निजी सवारी साधन नेपाल प्रवेश भएसँगै पहिलो सवारीलाई फूलमाला लगाएर स्वागत गर्ने होटल तथा पर्यटन व्यवसायी संघले तयारी गरेको पन्तले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x