१२ मंसिर २०८३, शुक्रबार

आज राति १२ बजेबाट आन्तरिक उडानमा बन्द

एसीपी संवाददाता

२० बैशाख २०७८, सोमबार ०२:१९ मा प्रकाशित

काठमाडौं । आज राति १२ बजेबाट आन्तरिक उडानमा बन्द हुने भएका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले आज राति १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । यस अघि सरकारले सार्वजनिक यातायतको आवगमनमा रोक लगाई सकेको छ

सरकारले कोभिड-१९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको हो । हिजो बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र वैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले बताए । गुरुङ्गका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय भएको छ।

यस अघि कोभिड संक्रमण रोकथाम निर्देशक समिति सीसीएमसीको सिफारिस अनुसार सरकारले आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x