१२ मंसिर २०८३, शुक्रबार

आठ जना चिनियाँ नागरिकको अपहरण

एसीपी संवाददाता

६ मंसिर २०७८, सोमबार १६:१७ मा प्रकाशित

६ गते मंसिर २०७८ ।किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कंगोमा ८ जना चिनियाँ नागरिक हतियारधारी समूहबाट अपहरणमा परेका छन् । समाचार एजेन्सीका अनुसार दक्षिणपूर्वी क्षेत्रस्थित एक सुन खानीबाट चिनियाँहरू अपहरणमा परेका हुन्।

यस क्रममा हतियारधारी समूह र सेनाबीच झडपसमेत भएको थियो । जहाँ एक सैनिक मारिएको बताइएको छ । दक्षिणी किभु प्रान्तको मुकेरा गाउँमा आइतबार यस्तो घटना भएको बताइएको छ ।

तर हतियारधारी समूहबारे कुनै पहिचान भएको छैन । एएनआईका अनुसार चिनियाँ खानी कम्पनीहरू र स्थानीय अधिकारीबीच पहिलेदेखि नै तनाबपूर्ण सम्बन्ध रहँदैआएको छ । जहाँ केही कम्पनीले इजाजतपत्र बिना गैरकानुनी रूपमा खानी सञ्चालन गरिरहेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x