१२ मंसिर २०८३, शुक्रबार

आर्थिक सहायताको नाममा विश्वका कयौं मुलुकहरुमा रणनितिक प्रभाव

एसीपी संवाददाता

२ मंसिर २०७८, बिहीबार ०७:१० मा प्रकाशित

२ गते मंसिर २०७८ बिहीबार । चिनको महत्वकाङ्गक्षा र आक्रमक विदेश नितीको प्रभाव अहिले संसारभर परिरहेको छ । उसले आर्थिक सहायताको नाममा विश्वका कयौं मुलुकहरुमा रणनितिक प्रभाव बनाईसकेको छ । चिनले महत्वकाङ्गक्षका साथ अघि सारेको आफ्नो ध्वजाबाहक प्रोजेक्ट वेल्ड एण्ड रोड ईनिसिएटिभले विश्वका कम आय भएका तथा मध्यम आय भएका मुलुकहरुमा लगानी गरेर आफ्नो प्रभावलाई बढाईरहेको छ । वि.आर.आई कै कारण गरिव मुलुकहरुले करिब ३ खर्व ८५ अर्व डलर वरावरको ऋण बोक्न बाध्य भएका छन् ।
अन्तराष्ट्रिय विकास अनुसन्धान केन्द्रले हालै गरेको एक अध्धयनमा वि.आर.आई अन्तर्गतका झन्डै एक तिहाई परियोजनाहरु भ्रष्टचार तथा विरोधका कारण अघि बढ्न सकिरहेका छैनन् । मध्यम तथा न्युन आय भएका मुलुकका अधिकांश वि.आर.आई अन्तर्गतका ठुला परियोजनाहरु धेरै खर्चिलो, भष्ट्रचारमा मुछिएको र ऋणमा डुब्ने खतरा रहेको कारण ति मुलुकहरुको सार्वभौमिकता नै पछी गम्भिर खतरा आउने उक्त अध्धयनले देखाएको छ । चिनले सन् २००० देखि २०१७ सम्मको अवधिमा विश्वभर १० हजार भन्दा धेरै पुर्वाधारमा लगानी गरेको छ । चिनले विशेष गरेर अफ्रिकी तथा एसियाली मुलुकमा लगानीमा विशेष जोड दिईराखेको छ । सन् २०१३ मा राष्ट्रपती सिजिन पिङले सुरु गरेको वि।आर।आई परियोजना पनि विशेष गरी एसिया र अफ्रिकामा नै केन्द्रित रहेको छ ।
चिनले केन्द्रिय बैंङक भन्दा पनि सरकारी स्वामित्व रहेको कम्पनि, बैंक, निकाय र निजि क्षेत्र मार्फत ऋण प्रदान गर्दछ जसले गर्दा उसले पछी सजिलै संग ऋण असुल गर्न सक्ने वातावरण बनाईरहेको छ । चिनले दिने ऋण सम्झौताहरु पनि स्पष्ट छैनन् ऋण लिने मुलुकका सरकार आफैलाई समेत चिनलाई तिनुपर्ने ऋण कति हो थाहा छैन । यसबाट पनि थाहा हुन्छ कि वि।आर।आई परियोजनाको ऋण धेरै मुलुकहरुलाई अनावश्यक भार हुन गईरहेको छ । ऋण जोखिमको हिसावले लाओस, पाकिस्तान, नेपाल, श्रीलंका , वलुचीस्तान , काजीगीस्तान , लाओस लगायतका मुलुकहरु चिनिया ऋणको उच्च जोखिममा रहेका छन् ।
यी मुलुकहरुको कुल ग्राहस्थ उत्पादन भन्दा दोब्बर बढी चिनिया ऋणको भार परिसकेको छ । अध्धयनहरुका अनुसार वि.आर.आई परियोजनाहरु भ्रष्टचार, श्रम उल्लघंन, वातावरण प्रदुषण र सार्वजनिक आलोचनाका कारण विवादमा मुछिन थालेको छ । यही कारणले गर्दा कयौं मुलुकले उक्त परियोजना नै रद्ध गरेका छन् । मलेसियाले ५८ अर्व बराबरको परियोजना रद्ध गर्यो भने काजगीस्तानले ५ अर्व डलर वरावरको परियोजना रद्ध  गर्यो ति मुलुकले स्वार्थ सहितको चिनको ऋण बोक्न नसक्ने गरी परियोजनाहरु रद्ध गरिसकेका छन् । सुरुमा वि.आर.आई प्रति आकर्षित मुलुकहरुले चिनिया ऋणको अत्याधिक भारले आफ्नो मुलुकको राष्ट्रियता र सार्वभौमिकता नै गम्भिर असर पर्न सक्ने भन्दै परियोजनाहरु रद्ध गरिरहेका छन् । वि.आर.आई परियोजनाको ऋण भारको कारणले धेरै मुलुकहरुले पछुताउनु परेको छ । वि.आर.आई परियोजना कार्यान्वयनमा भएको ढिलाई बेईजिङ्गको ऋण पासो रणनितिको एउटा हिस्साको रुपमा रहेको छ । चिनले गरिब तथा जोखिमयुक्त मुलुकहरुमा लगानी केन्द्रित गरेको छ , विश्वव्यापि ऋण प्रभाहलाई आक्रमक बनाउन नै चिनले गरिब मुलुकहरुलाई ऋणको जोखिममा पार्ने गरेको छ ।
चिन दक्षिण एसियाली भु राजनितिमा आफ्नो पकडलाई बलियो रुपमा स्थापित गराउनको लागि नै न्युन आय भएका तथा विपन्न गरिब मुलुकहरुमा विकासको नाममा ऋणको  भार बोकाईरहेको छ । यसले भविष्यका ति मुलुकहरुको राष्ट्रियता र सार्वभौमिकतामा गम्भिर असर पुग्ने सम्भावना रहेको राजनैतिक जानकारहरु बताउंछन् । नेपालमा पनी वि.आर.आई अन्तर्गत चिनले बाध्यकारी नियम सहित लगानीलाई तिव्र गरिरहेको छ । नेपाल जस्तो भु-परिवेष्टित मुलुकले यो परियोजनाबाट कुनै उपलबिध लिन सक्ने अवस्था छैन । यसले विदेशी ऋणको भार मात्र बढ्ने सङकेत गरेको छ । ऋण मात्र थपिनु निर्माण परियोजनाबाट कुनै आम्दानि नहुनु नेपाल जस्तो सार्वभौम राष्ट्रको लागि सुखद कुरा होईन ।
तसर्थ चिनिया ऋणको भारले पछि गएर नेपाल जस्ता कयौं मुलुकहरुको राष्ट्रियता र सार्वभौमिकतामाथि नै खतरा उत्पन्न गराउन सक्छ र कयौं मुलुकहरु चिनको उपनिवेश बन्ने  खतरा देखिन्छ । चिनिया ऋणले औपनिवेसिकरणको प्रवल सम्भावना देखिदै आईरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x