१७ आश्विन २०८३, शनिबार

ईपीएल असोज ९ गतेदेखि असोज २५ गतेसम्म

एसीपी संवाददाता

८ आश्विन २०७८, शुक्रबार २२:३१ मा प्रकाशित

८ गते असोज २०७८ । किंग्स ११ टिम एभरेष्ट प्रिमियर लिगमा जर्सी नम्बरसहित आफ्ना खेलाडीहरुको घोषणा गरेको थियो । अफगानी सशक्त ब्याट्सम्यान रेहमानुल्लाह गुर्वाजले भने २८ नम्बरको जर्सी लगाउने छन् । काठमाडौं किंग्स ११ का कप्तान अन्तर्राष्ट्रियस्तरमा नै आफ्नो बलिङ प्रतिभा प्रदर्शन गरिसकेका सन्दिप लामिछानेले भने जर्सी नम्बर २५ लगाउने छन् ।छ टिमले प्रतिस्पर्धा गर्ने यो ईपीएल यही असोज ९ गतेदेखि असोज २५ गतेसम्म कीर्तिपुरको त्रिवि क्रिमेट मैदानमा हुँदैछ ।
काठमाडौं किंग्स ११ ले पहिलो चरणमा असोज ९ गते ललितपुर पाट्रिएट्स, असोज ११ गते विराटनगर वारियर्स, असोज १२ गते पोखरा राइनोजसँग, असोज १४ मा चितवन टाइगर्स र असोज १६ गते भैरहवा ग्लाडिएर्टससँग प्रतिस्पर्धा गर्नेछ ।
पाकिस्तानी राष्ट्रिय टिमका पूर्वकप्तान तथा स्टार ब्याट्सम्यान शाहिद अफ्रिदीले जर्सी नम्बर १० लगाएर खेल्ने छन् भने अर्को अन्तर्राष्ट्रिय खेलाडी जनप्रकाशले १६ नम्बरको जर्सी लगाएर खेल्ने छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x