१७ आश्विन २०८३, शनिबार

उइगर मुस्लिम माथी चिनको सत्ताबाट मानवता विरोधी अपराध भएको दावी

एसीपी संवाददाता

२९ जेष्ठ २०७८, शनिबार ०३:२३ मा प्रकाशित

चीनको सिन्जियाङमा मानवता विरोधी अपराध गरिएको मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले जनाएको छ ।

उइगर र अन्य मुस्लिम अल्पसङ्ख्यकको बसोबास रहेको सिन्जियाङमा केन्द्रीय सत्ताबाट मानवता विरोधी अपराध भएको आरोप एम्नेष्टी इन्टरनेशनलले लगाएको हो ।

एक प्रतिवेदन निकाल्दै एम्नेष्टीले सिन्जियाङमा मानवता विरोधी अपराध भइरहेकाले अनुसन्धान गर्न संयुक्त राष्ट्रसङ्घसँग अपील गरेको छ ।

चीनले उइगर, काजाख र अन्य मुस्लिम समुदायका मानिसलाई सामूहिक रूपमा थुनामा राख्ने, निगरानी गर्ने र यातना दिने गरेको आरोप एम्नेष्टीको छ ।

चीनले सिन्जियाङमा नरसंहार गर्न खोजेको आरोप केही पश्चिमा देश र मानवअधिकारवादी समूहले लगाउँदै आए पनि चीनले भने खण्डन गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x