१२ मंसिर २०८३, शुक्रबार

उईगर मुस्लिम माथि हुने अधिकारको दमनको बिरोधमा बेईजिङमा हुने विन्टर ओलम्पिकको बहिष्कार

एसीपी संवाददाता

२४ श्रावण २०७८, आईतवार ११:२२ मा प्रकाशित

बेईजिङ । बहुराष्ट्रिय कम्पनीहरुले चीनमा हुने भनिएको आगामी विन्टर ओलम्पिकबारे प्रश्नको बेवास्ता गरिरहेका छन् ।

चीनले सिन्जियाङमा मानवअधिकार हनन गरिरहेको भन्दै आलोचना भई रहेको बेला आगामी बेईजिङ विन्टर ओलम्पिकबारे अन्तराष्ट्रिय कम्पनीहरु मौन रहेका छन् ।

अन्तराष्ट्रिय ओलम्पिक समिति (आईओसी) सँग मुख्य प्रायोजन सम्झौता भएका बहुराष्ट्रिय कम्पनीहरु आगामी बेईजिङमा हुने भनिएको विन्टर ओलम्पिकबारे मौन रहेका छन् ।

विभिन्न मुलुकहरुले चीनमा अल्पसंख्यक उईघुरमाथि हुने मानव अधिकार हननको बिषयलाई लिएर बेईजिङमा हुने विन्टर ओलम्पिक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

तर, विन्टर ओलम्पिक को प्रयोजन गर्ने बहुराष्ट्रिय कम्पनीहरुले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

चीन सरकारले उत्तर पश्चिमी क्षेत्र सिन्जियाङमा अल्पसंख्यक उईघुर र टर्की मुलका मुस्लिमहरु बिरुद्ध मानव अधिकार दमन गरिरहेको आरोप छ । स्रोत : द जेनेभा डेली

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x