१२ मंसिर २०८३, शुक्रबार

उज्यालोका पत्रकारलाई ३ दिन जेल राख्ने निर्णय

एसीपी संवाददाता

१३ बैशाख २०७८, सोमबार ०१:२८ मा प्रकाशित

काठमाडौं । उज्यालो नेटवर्क अनलाइनमा कार्यरत अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल लामा ‘प्रभात’लाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अनुसन्धानका लागि अदालतले ३ दिनको म्याद दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार प्रभातलाई बसुन्धाराबाट र अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुविरुद्ध राज्य बिरुद्धको कसुर र लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । केहीदिन पहिले सो अनलाइनले प्रधानमन्त्री केपी शर्माओली र भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो । पछि सोही अनलाइनले गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा माफी समेत मागेको थियो ।रातोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x