२६ बैशाख २०८३, शनिबार
उत्खननको बिरोधमा उत्रिएको युवकलाई ट्रिपरले किचेर हत्या
जनकपुरधाम, पुस २५

खोला उत्खननको विरोधमा उत्रेका एक युवालाई ट्रिपरले किचेर हत्या गरिएको छ । धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेर शुक्रबार हत्या गरेको हो । महतोको घर नजिकै रहेको खोलामा बालुवा उत्खनन भइरहेको थियो।
घर नजिकै रहेको खोलामा बालुवा उत्खनन भइरहेका बेला मोर्निङवाक निस्किएका महतोलाई ट्रिपरले किचेर मारेको स्थानीयले बताएका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादबले पनि घटनाको प्रकृति हेर्दा ट्रिपरले किचेर हत्या गरेको देखिएको बताए ।
ट्रिपरले किचेपछि महतोको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटनापछि स्थानीयले हत्यारालाई कारबाही गर्न सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन् ।
Subscribe
Login
0 Comments



