१२ भाद्र २०८३, शुक्रबार

नेपाल अर्को जोखिम , तिब्बतीमा अर्को ड्याम फुटेको सुचना आयो

एसीपी संवाददाता

१२ भाद्र २०८३, शुक्रबार १३:१८ मा प्रकाशित

नेपालमा थप बाढीपहिरोको जोखिम उत्पन्न हुने भएको छ । प्राप्त सूचना अनुसार तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी आएको छ । सूचना आए सङै प्रहरीले माइकिङ गरेर स्थानीय जनतालाई सावधान हुन अनुरोध गरेको छ ।
रसुवा तथा भोटेकोशी आसपासका क्षेत्रमा तिब्बततर्फ पानी थुनिएर बनेको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको हो ।  यससँगै नदी तथा खोलानालामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा उद्धार कार्यमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। हाल उद्घार कार्यमा सेना प्रहरी लगाएत स्थानीयहरु समेत लागेका छन ।
विशेषगरी उद्धार तथा राहत कार्यमा खटिनुभएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा सर्वसाधारणहरू तत्काल सुरक्षित स्थानतर्फ जान र जोखिमयुक्त नदी किनार तथा तल्लो तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफू सुरक्षित हुन संबंधित निकायले सुचित गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x